रियल मड्रिड ला लिगाको शीर्ष स्थानमा | Khabarhub Khabarhub

रियल मड्रिड ला लिगाको शीर्ष स्थानमा


८ असार २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – रियल मड्रिड स्पेनिस ला लिगाको शीर्ष स्थानमा उक्लिएको छ ।

आइतबार रातिको खेलमा रियल सोसीडाडलाई उसैको घरेलु मैदानमा २-१ गोल अन्तरले हराउँदै मड्रिड शीर्ष स्थानमा उक्लिएको हो ।

मड्रिडका लागि दोस्रो हाफको ५० औँ मिनेटमा पाएको पेनाल्टीलाई कप्तान सर्जियो रामोसले गोलमा परिणत गर्दै सुरुवाती अग्रता दिलाए ।

खेलोको ७० औँ मिनेटमा मड्रिडले दोस्रो तथा निर्णायक गोल गर्‍यो  । उसका लागि करीम बेन्जेमाली पेनाल्टी क्षेत्रबाट गोल गरेका थिए । उनले गरेको गोल नै मड्रिडका लागि निर्णायक सावित भयो ।

८३ औं मिनेटमा घरेलु टोली सोसीडाडले सान्त्वना गोल गर्‍यो । मिकेल मेरिनोले गोल गर्दै खेलमा फर्कने प्रयास गरे पनि त्यो पर्याप्त हुन सकेन र अन्ततः मड्रिडले खेल २-१ ले जीतेको छ ।

यस जीतसँगै शीर्ष स्थानमा पुगेको मड्रिडको ३० खेलबाट ६५ अंक भएको छ । बार्सिलोनासँग समान अंक भए पनि मड्रिड हेड टु हेडमा अगाडी रहेको छ । सोसीडाड भने ३० खेलमा ४७ अंकसहित छैठौँ स्थानमा छ ।

प्रकाशित मिति : ८ असार २०७७, सोमबार  ५ : २५ बजे

वेस्ट इन्डिज ‘ए’ विरुद्ध अर्धशतक बनाएर असिफ आउट

काठमाडौं– आसिफ सेखले वेस्ट इन्डिज ए विरुद्ध अर्धशतक पुरा गरेका छन्

‘सरकार ! रूसबाट आफन्त फिर्ता ल्याइदेऊ’

काठमाडौं – सन् २०२२ फेब्रुअरी २४ देखि रूसले छिमेकी युक्रेनमाथि

बागलुङमा सुन्तलाखेतीप्रति आकर्षण बढ्दै

ढोरपाटन– पछिल्लो समय बागलुङमा सुन्तलाखेतीप्रति कृषकको आकर्षण बढ्दै गएको छ

छ वर्षपछि भोजपुर–विराटनगर उडान सुरु

टक्सार– उडान बन्द भएको छ वर्षपछि भोजपुर–विराटनगर पुनःहवाई उडान सुरु

वेस्ट इन्डिज ‘ए’ ले नेपाललाई दियो १७३ रनको लक्ष्य

काठमाडौं– वेस्ट इन्डिज ‘ए’ ले नेपाललाई १७३ रनको लक्ष्य दिएको