महाभारत : कसरी मारिएका थिए निर्दोष द्रोणाचार्य ? « Khabarhub

महाभारत : कसरी मारिएका थिए निर्दोष द्रोणाचार्य ?


८ असार २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

द्रोणाचार्य संसारको सर्वश्रेष्ठ धनुर्धर थिए । उनले पाण्डव र कौरवलाई युद्धको ज्ञान दिएका हुन् ।

महाभारत सबैभन्दा ठूलो युद्ध मानिएको छ । उक्त युद्धमा द्रोणाचार्यले शरीर कौरवको पक्षमा र मन पाण्डवको पक्षमा बाँडेका थिए ।

उनी पाण्डवहरुले युद्ध जितेको हेर्न चाहन्थे । उनी भारद्वाज मुनिका छोरा थिए । उनको विवाह कृपाचार्यको बहिनी कृपिसँग भएको थियो । उनीहरुको छोराको नाम अश्वत्थामा हो । उनले विद्याका सर्वश्रेष्ठ गुरु परशुरामसँग शिक्षा दीक्षा लिएका थिए ।

महाभारत युद्धमा द्रोणाचार्य कौरवको पक्षमा भीष्म शैयामा गएपछि सेनापति बनेका थिए । द्रोणाचार्यको संहारक शक्ति बढ्दै गएको कुरा पाण्डवहरुको कानमा पुग्यो । द्रोणाचार्य र अश्वत्थामाको रुप देखेर पाण्डवहरु हार्ने निराशा गर्दै श्रीकृष्णले भेदको साहारा लिन सल्लाह दिए ।

तर, झुट बोल्न अर्जुन र युधिष्ठिर राजी नभएपछि अश्वत्थामा नामको हात्तीलाई भीमले मारेका थिए ।

श्रीकृष्णको सल्लाह अनुरुप द्रोणाचार्यका छोरा अश्वत्थामा मारिएको हल्ला द्रोणाचार्यको कानमा पुर्‍याए । आफ्नो छोरा मारिएको कुरा के हो भनेर द्रोणाचार्य आफै युधिष्ठिरकोमा गए र धर्मराज युधिष्ठिरले अश्वत्थामा मारिएको हो, तर हात्ती भने ।

श्रीकृष्णले सोही समयमा शंख बजाइदिएकाले ‘तर हात्ती’ द्रोणाचार्यले सुन्न पाएनन् । उनलाई एकिन भयो कि आफ्नो छोरा मारिए ।

छोराको मृत्युको खबर सुनेपछि शस्त्र त्याग गरी रणभूमिमा शोकमा डुबेको अश्वत्थामामा द्रौपदीका भाइ धृष्टद्युम्नले निर्दोष द्रोणाचार्यको टाउको काटिदिएका थिए ।

प्रकाशित मिति : ८ असार २०७७, सोमबार  ७ : २७ बजे

स्क्यान्डिनेभियातर्फ रूसी बमवर्षक उडान

एजेन्सी – रूसी आणविक–सक्षम बमवर्षक विमानहरूले स्क्यान्डिनेभियाको उत्तरतर्फ पर्ने नर्वेजियन

निर्वाचनको वातावरण बनाउनुपर्नेमा उपसभापति गुरुङको जोड

पाटन– नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले निर्वाचनको वातावरण बनाउनुपर्नेमा जोड

रुस–युक्रेन सङ्घर्ष र सन् २०२५ का कूटनीतिक प्रयासहरू

काठमाडौं– सन् २०२२ मा सुरु भएको रुस–युक्रेन युद्ध अब केवल

राजनीतिक दल र जेन-जीले दबाब दिएर सरकारलाई पेन्डुलमजस्तै बनाए : प्रधानमन्त्री कार्की

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले राजनीतिक दल र जेन-जीले दबाब दिएर

कुलमानले भने- निर्वाचनबाट देश परिवर्तनको नेतृत्व उज्यालो पार्टीले लिन्छ

काठमाडौं– उज्यालो नेपाल पार्टीका संरक्षक एवं ऊर्जा, भौतिक पूर्वाधार र