सुशान्त मृत्यु प्रकरणः नायिका रियाविरुद्ध उजुरी « Khabarhub

सुशान्त मृत्यु प्रकरणः नायिका रियाविरुद्ध उजुरी


८ असार २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

 एजेन्सी- बलिउड अभिनेता सुशान्त सिंह राजपूतकाे मृत्युका विषयमा भारतीय प्रहरीले अनुसन्धान जारी राखेको छ ।

राजपूतले आत्महत्या गरेकाे भनिए पनि उनको के कारणले मृत्यु भएको हो यसबारे प्रहरी अनुसन्धान जारी राखेको हो ।

घटनाको प्रहरीले अनुसन्धान गरिरहँदा उनको मृत्यु प्रकरणलाई लिएर नायिका रिया चक्रवर्तीविरुद्ध उजुरी दर्ता भएकाे छ।

उनी सुशान्तकी नजिककी साथी हुन्। रियाले सुशान्तलाई आत्महत्या गर्न उक्साएकाे आराेप लगाइएकाे छ। रियाले गत शनिबार सीजेएम अदालतमा आफ्नाे याचिका दायर गरेकी छन्। यस विषयमा २४ जुनमा सुनुवाइ हुनेछ।

यसअघि पनि सुशान्त मृत्यु प्रकरणलाई लिएर  बलिउड अभिनेता सलमान खान, निर्माता तथा निर्देशकहरू करन जोहर, एकता कपुर तथा सञ्जयलीला भन्सालीसहित आठ जना विरूद्ध फौजदारी मुद्दा परिसकेको छ ।

गत बुधबार एक वकिलले उनीहरूलाई अभिनेता  राजपुतको मृत्युको कारण भन्दै बिहार अदालतमा मुद्दा दायर गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

टाइम्स अफ इन्डियाका अनुसार वकिल सुधिर कुमार ओझाले सलमान, करनसहित आठ जनाका विरूद्ध मुद्दा दायर गरेका हुन्। अदालतले आगामी जुलाई ३ को सुनुवाइ मिति तोकेको जनाइएको छ।

ओझाले दायर गरेको मुद्दामा आदित्य चोपडा, साजिद नाडियडवाला, भुषण कुमार र निर्देशक दिनेशको पनि नाम छ।

टाइम्स अफ इन्डियाका अनुसार यी आठ व्यक्तिले सुशान्तका फिल्म रिलिज हुन बाधा पैदा गरेको र यिनीहरूकै कारण सुशान्तलाई फिल्मी कार्यक्रमहरूमा पनि बोलाउन छाडिएको मुद्दामा उल्लेख गरिएको छ ।

केही दिन अघि अभिनेता सुशान्तसिंह मुम्बईस्थित आफ्नै फ्ल्याटमा मृत भेटिएका थिए।

प्रकाशित मिति : ८ असार २०७७, सोमबार  ९ : ४१ बजे

विष्णु पौडेल पक्राउबारे एमालेले भन्यो : सरकारले अपहरणको शैलीमा गिरफ्तार गर्‍यो, डटेर सामाना गर्छौं

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले पार्टीका उपाध्यक्ष विष्णुप्रसाद पौडेललाई

बारामा मोटरसाइकलको ठक्करबाट तीन जनाको मृत्यु

बारा – बाराको जीतपुरसिमरा उपमहानगरपालिका– ९ छातापिपरामा आज साँझ मोटरसाइकलले

बाहुनडाँगीमा हात्ती नियन्त्रण गर्न ‘टास्कफोर्स’ परिचालन

झापा – हात्ती प्रभावित मेचीनगर नगरपालिका–४ बाहुनडाँगीमा सशस्त्र प्रहरी बलले

अत्यधिक गर्मीका कारण धनगढीका विद्यालय चार दिन बिदा

कैलाली – केही दिनदेखि गर्मी अत्यधिक बढेपछि धनगढी उपमहानगरपालिकाले सामुदायिक

विष्णु पौडेल पक्राउपछि प्रदीप ज्ञवालीको प्रतिक्रिया : सरकार पूर्वाग्रह र प्रतिशोधबाट प्रेरित हुनु हुँदैन

काठमाडौं- सम्पत्ति शुद्धीकरण अनुसन्धानका क्रममा नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेल