भोजपुर पुगेका सांसद किराँती क्वारेन्टाइनमा बसे « Khabarhub

भोजपुर पुगेका सांसद किराँती क्वारेन्टाइनमा बसे


८ असार २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रतिनिधिसभाका सांसद सुदन किराँती गृह जिल्ला भोजपुरमा क्वारेन्टाइनमा बसेका छन् ।

काठमाडौंबाट भोजपुर गएका किराँती रामप्रसादराई गाउँपालिकाले निर्माण गरेको क्वारेन्टाइनमा बसेका हुन् ।

सरकारले कोरोनाको जोखिमलाई ध्यानमा राख्दै बाहिरबाट आएका मानिसलाई अनिवार्य क्वारेन्टाइनमा बस्नुपर्ने व्यवस्था गरेका कारण आफू क्वारेन्टिनमा बसेको सांसद किराँतीले बताए ।

कोरोना भाइरसको सम्भावित जोखिमलाई मध्यनजर गर्दै आइतबारदेखि उनी क्वारेन्टाइनमा बसेका हुन् । उनी क्वारेन्टाइनमा १४ दिन बस्नेछन् । त्यसपछिमात्र उनी घर जानेछन् ।

कोरोना भाइरसको संक्रमण रोक्न सरकारले लागू गरेका नियमको निवार्यरूपमा पालन गर्नुपर्ने उनले बताएका छन् ।

प्रकाशित मिति : ८ असार २०७७, सोमबार  १० : ०० बजे

सुनको मूल्य स्थिर : चाँदीको घट्यो

काठमाडौं– स्थानीय बजारमा आज सुनको मूल्य स्थिर रह्यो भने चाँदीको

नेप्सेको प्रमुख कार्यकारी अधिकृत पदका लागि ४ जनाको संक्षिप्त सूची सार्वजनिक, असोज २३ गते अन्तर्वार्ता हुने

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) को रिक्त प्रमुख कार्यकारी

गोप्य सूचना चुहाउनेलाई कानुनी कठघरामा ल्याइन्छ : गृहमन्त्री

काठमाडौँ– गृहमन्त्री सुधन गुरुङले गोप्य सूचना चुहाउनेलाई कारबाही हुने बताएका

धनगढीमा चट्याङ लागेर सात जना घाइते

सुदूरपश्चिम– कैलालीको धनगढी उपमहानगरपालिका–१७ धुर्जन्नामा चट्याङको झिल्का लागेर सात जना

परराष्ट्रमन्त्री खनाल टुभालुमा, जलवायु परिवर्तनको अवसरबारे छलफल

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी संरचना महासन्धि