लामो सयम बसेर कम्प्युटरमा काम गर्दा ढाड दुख्यो ? समाधान गर्न यसो गर्नुहोस् « Khabarhub

लामो सयम बसेर कम्प्युटरमा काम गर्दा ढाड दुख्यो ? समाधान गर्न यसो गर्नुहोस्


८ असार २०७७, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

आजकल अधिकाशं मानिस डेस्कको जागिर अर्थात आरामदायक टेक्नोलोजीको प्रयोग गरी कुर्सीमा बसेर कार्यालय भित्र गरिने काम गर्दछन् ।

यस प्रकारको कामले मांसपेशिसहित जोर्नीहरुमा दुखाई बढ्ने गर्दछ । हुनत जोर्नीको दुखाईको अरु कारण पनि हुन्छन् ।

यसको निदानका लागी प्रयोग गरिने औषधीले केहि समय काम गरे पनि यसको पुर्ण उपचार भने योगबाट मात्र सम्भव रहेको छ । जोर्नीमा हुने दुखाईका लागी यी ३ आसन उपयोगी रहन्छ ।

१. सेतुबन्धासन
सेतुबन्धासनको अभ्यास गर्न ढाडको बलमा पल्टिनुहोस् र आफ्नो हातलाई शरीरको छेउमा राख्नुहोस् । अब हत्केलालाई जमीनमा टासेर घुडाँ मोडेर पैतालाले भुई टेक्नु होस् ।

अब तपाई सेतुबन्धासनको प्रारम्भिक स्थितिमा हुनुहुन्छ । अब बिस्तारै बिस्तारै स्वास फेर्दै सके अनुसार कम्मरलाई माथि उठाउनुहोस् । यसो गर्दा तपाईको शरीर एक सेतु अर्थात पुलको आकारमा आउँछ ।

अब यहि स्थितीमा सामान्य रूपले स्वास फेर्दै छाड्दै गर्नुहोस् । १० देखि ३० सेकेण्डसम्म यहि मुद्रामा रहँदैन स्वास छाड्दै कम्मरलाई बिस्तारै जमीनमा ल्याउनुहोस् र १ मिनेट आराम गरेर केहिबेर दोहार्याउनुहोस् । अन्तिममा शवासनमा केहिबेर बसि उठ्नुहोस् ।

२. त्रिकोणासन
त्रिकोणासनको अभ्यास गर्न सबैभन्दा पहिले खुट्टालाई चौडा पारेर सिधा उभिनुहोस् । यस पश्चात ढाडलाई मोडेर हातले भुई छुनुहोस् । अब दाहिने हातमाथि उठाएर त्यसको औंलामा ध्यान केन्द्रित गर्नुहोस् ।

केहिबेर यो आसन गरेपछि पूनः साधारण स्थितिमा आउनुहोस् । केहिबेर विश्राम पश्चात फेरी झुक्दै यहिआसन दोहोर्याउनुहोस् ।

३. वीर भद्रासन
यस आसनको मुद्रा पहाडमा जाने मुद्राको समान हुने गर्दछ । यसका लागी एउटा खुट्टा पछाडी सिधा समानान्तर राखेर अर्को अगाडीतर्फ कुद्न आटे जस्तो मुद्रामा बस्नुपर्दछ । यो मुद्रामा घुडाँ ९० डिग्रीको मुद्रामा रहनु पर्दछ । अब दुबै हातजोडेर सिरमाथि लानुहोस् । अब केहिझुकेर पछाडीको खुट्टाको समानान्तरमा शरीर निहुर्याएर हातलाई पनि सोहि स्थितिमा राख्नुहोस् ।

प्रकाशित मिति : ८ असार २०७७, सोमबार  १० : ४३ बजे

आजबाट गोबर गणेश’, ‘मिरमिरे’ र ‘भाइरल गोर्खे’ प्रदर्शनमा

काठमाडौं – माघ १ अर्थात् बिहीबारबाट तीन फिल्महरु ‘गोबर गणेश’,

चाडपर्वले सामाजकि सद्भाव सुदृढ बनाउँछ : सभामुख घिमिरे

काठमाडौं– सभामुख देवराज घिमिरेले माघे सङ्क्रान्ति जस्ता चाडपर्वले आपसी मेलमिलाप,

रोमाञ्चक खेलमा चेल्सीविरुद्ध आर्सनको जित

काठमाडौं – कारबाओ कप सेमिफाइनलको पहिलो लेगमा आर्सनल विजयी भएको

जैविक स्रोतको संरक्षणमा आमनागरिक सचेत हुनुपर्छ : उपराष्ट्रपति यादव

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवले जैविक स्रोतको संरक्षण र दिगो उपयोगमा

सुत्केरी र शिशुलाई घरदैलोमै स्वास्थ्य सेवा

सिरहा– सिरहाको लहान नगरपालिकाले मातृ–शिशु स्वास्थ्यलाई प्राथमिकता दिँदै सुत्केरी र