पर्यटन मन्त्री भट्टराई सहभागी बैठकमा जब पोर्न भिडियो बज्यो ! « Khabarhub

पर्यटन मन्त्री भट्टराई सहभागी बैठकमा जब पोर्न भिडियो बज्यो !


८ असार २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कोरोना भाइरसको संक्रमण फैलन नदिन गरिएको लकडाउन र सामाजिक दूरी राखेर अत्यावश्यक काम भइरहेका छन् । सँगै अनलाइनबाट बैठकहरु पनि जारी छन् ।

सरकारी स्तरका बैठक र वार्ता पनि अनलाइनबाटै सञ्चालन भइरहेका छन् । बैठकमा हुने छलफल विषयवस्तुमा केन्द्रित हुँदा सामान्य नै लाग्छ तर अपेक्षाा नै नगरेको विषयले बैठकमा प्रवेश पायो भने के होला । त्यसमा पनि अश्लील कुरा एक्कासी आए के होला ?

यो टाढाको खबर र विषय होइन हाम्रै संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेश भट्टराई सहभागी भर्चुअल बैठकमा घटेको घटना हो । अर्थात मन्त्री भट्टराई सहभागी अनलाइन बैठकमा एक्कासी पोर्न भिडियो बजेको छ ।

जुममार्फत गरिएको बैठकमा मन्त्री भट्टराई बोलिरहेकै समयमा एक्कासी अनधिकृतरुपमा ह्यारिस नामका व्यक्ति प्रवेश गरेर पोर्न भिडियो प्ले गरेका थिए ।

नेपाल पर्यटन बोर्डले सुरक्षा निर्देशिका सार्वजनिक गर्न आयोजना गरेको बैठकमा मन्त्री भट्टराई बोल्दाबोल्दै पोर्न भिडियो बजेको मन्त्री निकट स्रोतले जनाएको छ ।

मन्त्रीसहित झण्डै २ सय जना सहभागी बैठकमा पोर्न भिडियो प्ले भएपछि एडमिनले तत्काल नै भर्चुअल बैठक अन्त्य गरेको मन्त्रालयका एक अधिकारीले जानकारी दिएका छन् ।

प्रहरीको साइबर सेलले यो विषयमा अनुसन्धान सुरु गरिसकेको छ ।

प्रकाशित मिति : ८ असार २०७७, सोमबार  ४ : १० बजे

एसिया–प्रशान्तको समृद्धिमा जोड दिँदै एपीईसी सम्मेलन

बेइजिङ- एसिया–प्रशान्त क्षेत्रको आर्थिक समृद्धि र सहकार्य प्रवद्र्धन गर्ने उद्देश्यले

गृहमन्त्री गुरुङद्वारा जीवित देवी कुमारीको दर्शन

काठमाडौँ- गृहमन्त्री सुधन गुरुङले जीवित देवी कुमारीको दर्शन गरेका छन्

कांग्रेस सभापति थापाले लिए शपथ

काठमाडौँ- नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले पद तथा गोपनीयताको

लिग २ : क्यानडाद्वारा नेपालसामु २ सय ५७ रनको लक्ष्य प्रस्तुत

काठमाडौं- आईसीसी पुरुष विश्वकप लिग-२ अन्तर्गत शनिबारको खेलमा क्यानडाले नेपालसामु

सेनाको विपद् प्रतिकार्य : समन्वय र सहकार्यको उत्कृष्ट संयोजन

काठमाडौं–  नेपाली सेनाले भोटेकोशी बाढीपछि  विपद्का घटनामा गरिएको खोज, उद्धार