पर्यटन व्यवसाय सञ्चालन कार्यविधि सार्वजनिक « Khabarhub

पर्यटन व्यवसाय सञ्चालन कार्यविधि सार्वजनिक


८ असार २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कोभिड–१९ महामारीपछि मुलुकको पर्यटन क्षेत्रलाई कसरी सुरक्षा सतर्कता अपनाएर सेवा सञ्चालन गर्ने भन्नेबारे पर्यटन व्यवसाय सञ्चालन कार्यविधि ‘अपरेशनल गाइडलाइन विथ हेल्थ प्रोटोकल फर टुरिज्म’ बनाइएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र नेपाल पर्यटन बोर्डको अगुवाइ तथा निजी क्षेत्रसँगको सहकार्यमा उक्त कार्यविधि तयार पारिएको बोर्डले जनाएको छ ।

पर्यटन व्यवसाय सञ्चालन गर्दा सेवासँगै स्वास्थ्य सुरक्षा सजकता कसरी अपनाउने र नेपालको पर्यटन सेवासँगै सुरक्षाको हिसाबले पनि अगाडि छ भन्ने सन्देश विश्व पर्यटन बजारमा फैलाउन कार्यविधि बनाइएको हो ।

खासगरी होटल, रेस्टुराँ, पदयात्रा, जलयात्रालगायत गतिविधिमा जाने पर्यटकले के कस्ता सुरक्षा सजकता अपाउनुपर्छ र सेवाप्रदायकले पनि कस्ता मापदण्ड बनाउनुपर्छ भन्ने कुरालाई सञ्चालन कार्यविधिमा समेटिएको छ ।

यस कार्यविधिको ‘जुम एप’भर्चुअल बैठकमा पर्यटनमन्त्री योगेशकुमार भट्टराईले सार्वजनिक गर्दै कोभिडपछिको पर्यटनलाई चलायमान बनाउनुपर्ने अवस्थामा सेवा र सुरक्षालाई मजबुद तुल्याउन सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

उनले अहिलेको परिस्थितिमा पर्यटन उद्योगलाई गतिशील बनाउन आवश्यक तयारीका साथ अघि बढ्नुपर्नेमा जोड दिए ।

पर्यटन मन्त्रालयका सचिव केदारबहादुर अधिकारीले कोभिडपछिको पर्यटन व्यवसायलाई सुरक्षित बनाएर सेवा सञ्चालन गर्नका लागि कार्यविधिले सहयोग पुग्ने बताए ।

उनले नेपालको पर्यटन सुरक्षितसँगै सेवा दिन पनि तयार रहेको सन्देश विश्वभर प्रवाह गर्नका लागि कार्यविधि जारी गरिएको उल्लेख गरे ।

बोर्डका कार्यकारी प्रमुख डा धनञ्जय रेग्मीले कोभिडपछि र सँगसँगै पर्यटन व्यवसायलाई अघि बढाउन कार्यविधि ल्याइएको बताए ।

उनले अबको दिनमा पर्यटन क्षेत्रलाई चलायमान बनाउन अपनाउनुपर्ने मापदण्ड पर्यटनसँग सम्बन्धित कार्यविधिले समेटेको र यसले पर्यटन व्यवसायलाई सेवा र सुरक्षाको प्रत्याभूति दिलाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

बोर्डका कार्यकारी सदस्य दीपक महतले पर्यटकीय सेवासँगै सुरक्षालाई पनि ध्यान दिएर अघि बढ्नुपर्ने अवस्थामा बोर्डले झण्डै तीन महिनाको अवधिमा सरोकारवालासँग छलफल गरेर कार्यविधि ल्याएको बताए ।

वरिष्ठ पर्यटन व्यवसायी कर्ण शाक्यले संवेदनशील अवस्थामा गुज्रिरहेको पर्यटनलाई गतिशील बनाएर अर्थतन्त्रलाई बलियो बनाएर जानुको विकल्प नभएको धारणा राखेका थिए ।

प्रकाशित मिति : ८ असार २०७७, सोमबार  ५ : १६ बजे

सिमलतालमा सडक भासिँदा नारायणगढ-मुग्लिन सडक एकतर्फी सञ्चालन

नारायणगढ (चितवन)- नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको सिमलतालमा करिब ७० मिटर सडक

यूएईको गोप्य भ्रमणमा नेतान्याहू

काठमाडौँ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आइतबार संयुक्त अरब इमिरेट्स

प्रतिबन्धले इरानी उड्डयन क्षेत्र प्रभावित भएको अमेरिकी दाबी

एजेन्सी । संयुक्त राज्य अमेरिकाले इरानको उड्डयन क्षेत्र माथि लगाएको

पहिरोले सडक अवरुद्ध : स्वास्थ्यचौकी लैजाने क्रममा बाटोमै शिशुको जन्म

बागलुङ । बागलुङको बडिगाडमा एक जना गर्भवतीले बाटोमै शिशुलाई जन्म

बाढीपहिरोबाट म्याग्दीका २०० परिवार विस्थापित

म्याग्दी । यही असोज ८ देखि ११ गतेसम्म परेको वर्षात्