त्रिभुवन विमानस्थलमा आज १७ वटा उडान, कहाँबाट कतिको उद्धार ? « Khabarhub

त्रिभुवन विमानस्थलमा आज १७ वटा उडान, कहाँबाट कतिको उद्धार ?


८ असार २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- मुलुकको एकमात्र त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा आज पनि एकैदिन १७ चार्टर्ड उडान भएका छन् ।

अन्तरराष्ट्रियतर्फ १० र आन्तरिकतर्फ सात यात्रु उद्धार तथा कार्गो उडान भएका विमानस्थल कार्यालयले जनाएको छ ।

आज नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले बहराइनबाट १५० यात्रुको उद्धार गरी काठमाडौँ ल्याएको छ ।

त्यस्तै हिमालय एयरलाइन्सले पाकिस्तानको ईस्लामाबादबाट ७२ यात्रु ल्याएको छ । सोही एयरलाइन्सले माल्दिभ्सबाट १५६ यात्रु ल्याएको छ ।

जजीरा एयरले कुवेतबाट १६०, एयर अरेबियाले सारजहाबाट १६५ यात्रु काठमाडौँ ल्याएको विमानस्थलले जनाएको छ ।

हिमालयले चीनको कुम्लिंमा दुई कार्गो उडान गरेको छ । आज राति नेपाल एयरलाइन्सको वाइड बडी जहाज अष्ट्रेलियाको सिड्नी उडेको जनाइएको छ ।

त्यसैगरी हिमालय एयरलाइन्सको जहाज आज राति १०ः०० बजे दोहा उड्ने तालिका रहेको विमानस्थलले जनाएको छ । आन्तरिकतर्फ आज समिट र तारा एयरले लुक्लामा समान एक उडान गरेका छन् । मनाङ एयरको लुक्लामा तीन उडान भएको छ ।

सिम्रिक एयरको हेलिकप्टरले सोलुखुम्बु र कैलाश एयरको हेलिकप्टरले भैरहवा उडान गरेको विमानस्थल कार्यालयले विज्ञप्तिमार्फत जनाएको छ । त्यस्तै कतार एयरले ३०३ यात्रु लिएर दोहा उडेको छ ।

प्रकाशित मिति : ८ असार २०७७, सोमबार  १० : ३८ बजे

भन्सार कडाइसँगै भद्रपुर बजारमा चहलपहल, नेपाली व्यवसायी खुसी

झापा वर्षैभरि प्रायः सुनसान रहने देशकै पुरानो सहर भद्रपुर बजारमा

इन्टर मिलान बन्यो सिरी ए च्याम्पियन :तीन खेल अगावै उपाधि कब्जा

काठमाडौँ – इन्टर मिलानले आइतबार राति पार्मालाई २–० ले पराजित

रास्वपाले कसरी छान्दै छ स्थानीय उम्मेदवार ? उम्मेदवार छनोट रूपरेखा (पूर्णपाठ)

काठमाडौँ – आगामी स्थानीय तहको निर्वाचनलाई लक्षित गरी राष्ट्रिय स्वतन्त्र

अनि दयाहाङलाई गालीको ओइरो…

काठमाडौँ – समाजिक विषयमा आवाज उठाउनु कलाकारको नैतिक जिम्मेवारी हो

बनेपामा ऐतिहासिक चण्डेश्वरी भगवती जात्रा सम्पन्न

काभ्रेपलाञ्चोक – काभ्रेपलाञ्चोकको बनेपा नगरमा हजारौँ वर्षदेखि वैशाख पूर्णिमाको अवसरमा