सडक भासिएपछि अरनिको राजमार्गमा आवतजावत प्रभावित « Khabarhub

सडक भासिएपछि अरनिको राजमार्गमा आवतजावत प्रभावित


७ श्रावण २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिन्धुपाल्चोक- अविरल वर्षाले सडक भासिएपछि अरनिको राजमार्गमा आवतजावत प्रभावित भएको छ । बलेफी–५ मा सडक भासिएपछि आवागमन प्रभावित भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए ।

सडक भासिएका ठाउँमा ठूला सवारी साधन ओहोरदोहोर गर्न सक्ने अवस्था छैन । साना सवारी साधन एकतर्फी रुपमा मात्रै पास गराइएको छ । सडक भासिएपछि सिन्धुपाल्चोक, दोलखा र रामेछाप आवतजावत प्रभावित भएको छ । अहिले स्थानीय तहको सहयोगमा सडक पुनःसञ्चालन गर्ने प्रयास भइरहेको प्रनाउ काफ्लेले बताए ।

यस्तै अविरल वर्षापछि आएको बाढीपहिराले अरनिको राजमार्गको जुरेदेखि तातोपानीसम्मको सडकखण्ड कटान गरेपछि तत्कालै मर्मत गरेर सडक चलाउन भनिए पनि सडक कार्यालयले प्रभावकारी रुपमा काम नगर्दा समस्या भएको छ ।

सडक कार्यालय चरीकोटले सडक मर्मत गर्नका लागि एउटा स्काभेटर ल्याएर काम गरे पनि बिग्रिएपछि समस्या भएको बाह्रबीसे नगरपालिकाका प्रमुख निमफुञ्जो शेर्पाले जानकारी दिए ।

प्रकाशित मिति : ७ श्रावण २०७७, बुधबार  ४ : ०० बजे

चिसोबाट दमरोगीलाई कसरी बचाउने ?

श्वासप्रश्वास रोग मानिसको मृत्यु गराउने रोगमध्ये विश्वको चौथो प्रमुख रोगमध्ये

गर्भावस्थामा यी तिन खानेकुरा नखाएकै राम्रो 

काठमाडौं– कफीः कफीमा क्याफिन भन्ने तत्त्व हुन्छ । गर्भवती आमाले कफी

एमालेकै एजेन्डामा कांग्रेस, बहुमत पूर्वसांसदहरूको हस्ताक्षर सर्वोच्चमा बुझाइँदै

काठमाडौं– देशका दुई ठूला दल नेकपा एमाले र नेपाली कांग्रेस

फेरि २६ सय बिन्दुबाट तल झर्यो नेप्से

काठमाडौं– साताको पहिलो नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १९.९२ अंकले घटेको

पञ्चेबाजा बजाउँदै कार्यालयमा रविको स्वागत (तस्बिरहरू)

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने आज पार्टी कार्यालय फर्किने