तमोर नदीमा ठूलो बाढी आएपछि उद्गमस्थल आसपासका बस्ती नै जोखिममा « Khabarhub

तमोर नदीमा ठूलो बाढी आएपछि उद्गमस्थल आसपासका बस्ती नै जोखिममा


७ श्रावण २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ताप्लेजुङ-  तमोरको उद्गमस्थलबाट नै बाढी आएपछि त्यस क्षेत्र आसपासका बस्ती जोखिममा परेका छन् ।

ठूलो बाढी आएपछि नदी किनारमा पर्ने तापेथोक, सिवाँ, थिवा, हान्द्रुङ, दोभान बजारलगायतका बासिन्दा त्रसित बनेका छन् । तमोरमा करिब एक दशकयताकै ठूलो बाढी आएको स्थानीयवासीको भनाइ छ ।

नदीको उद्गमस्थलमा पर्ने पोखरी फुटेर बाढी आएको हुनसक्ने स्थानीयवासीको अनुमान छ ।

बाढीले बगायो दुई पुल

बाढीकै कारण तमोर नदीले ताप्लेजुङको ओलाङचुङगोलाका दुई पुल पनि बगाएको छ ।

फक्ताङलुङ गाउँपालिका–७ मा पर्ने चीनसँगको सीमावर्ती ओलाङचुङगोलाका पुल गएराति बगाएको वडाध्यक्ष छेतेन भोटेले जानकारी दिए ।

उनका अनुसार बाढीले ओलाङचुङगोलाबाट दाङ्जेन जाने पक्की पुल र मिक्वाखोला गाउँपालिकाको पापुङ जाने काठेपुल बगाएको हो । बाढीले पुल बगाएपछि घाँसदाउरा ओसारपसारलगायतका काममा ओहोरदोहोर गर्न बन्द भएको छ ।

यस्तै बाढीले तिब्बतको रिउ जोड्ने सडक र चिनियाँ ठेकेदारको एउटा गाडीसमेत बगाएको बताइएको छ । सडक निर्माणका क्रममा ठेकेदारले ल्याएको गाडी सडक अवरुद्ध भएपछि ओलाङचुङगोलामा नै छाडिएको थियो ।

यस्तै दुई पुल बग्दा करिब १४ लाख बराबरको क्षति भएको छ । पक्की पुल १२ लाख र काठको पुल भने दुई लाखको लागतमा निर्माण भएको थियो ।

प्रकाशित मिति : ७ श्रावण २०७७, बुधबार  ६ : ५७ बजे

विपद् पूर्वतयारी रणनीति सुधार्न सुरक्षा निकायका प्रमुखहरूको सुझाव

काठमाडौं– विभिन्न सुरक्षा निकायका प्रमुखहरूले प्राकृतिक विपद्का घटनाहरू पहिले भन्दा

चैतदेखि यता १२० फर्म तथा कम्पनी कालोसूचीमा

काठमाडौं– सार्वजनिक खरिद प्रक्रियालाई जबाफदेही र विश्वसनीय बनाउने सरकारको लक्ष्यअनुरूप

पत्रकार विश्वमणी सुवेदी पक्राउ

काठमाडौँ– पत्रकार विश्वमणी सुवेदी पक्राउ परेका छन् ।  उनलाई शुक्रबार प्रहरीले

काठमाडौँको जगडोल झण्डा पार्कबाट देखिएको उपत्यका (तस्बिरहरू)

काठमाडौँ– बंगालको खाडीमा विकसित चक्रवात ‘अर्नब’को प्रभावले काठमाडौँ उपत्यकामा शुक्रबार

विपद् प्रभावितलाई थप १६ लाख सहयोग

काठमाडौँ– नेपाल नेत्रज्योति सङ्घले विपद् प्रभावित नागरिकको उद्धार, राहत तथा