भारी वर्षाले जिल्ला कारागार पर्वतको भवन भत्कियो | Khabarhub Khabarhub

भारी वर्षाले जिल्ला कारागार पर्वतको भवन भत्कियो


७ श्रावण २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पर्वत – तीन दिनदेखिको अविरल वर्षाले पर्वत जिल्ला कारागारको भवन र पर्खाल भत्किएको छ ।

वर्षाका कारण कारागारको महिला बन्दीगृहतर्फको मुख्य पर्खाल र भवनको केही भाग भत्किएको हो । गएराति पर्खाल भत्किएको कारागारले जनाएको छ ।

पर्खाल भत्किएपछि महिला बन्दीगृहमा रहेका बन्दी महिलालाई छिमेकी जिल्ला बागलुङ र म्याग्दी सारिएको छ । महिला बन्दीगृहमा सात बन्दी रहेका थिए ।

उनीहरुमध्ये पाँच जनालाई बागलुङ र दुई जनालाई म्याग्दी जिल्ला कारागारमा स्थानान्तरण गरिएको प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीले जानकारी दिए । उनका अनुसार जीर्ण बनेको पर्खाल ठूलो वर्षाका कारण भत्किएको हो । कारागारका अन्य पर्खाल पनि जीर्ण छन् ।

एउटै जिल्लामा सबै जना नअटेका कारण दुई जिल्लामा बाँडेर स्थानान्तरण गरिएको प्रजिअ रेग्मीले जानकारी दिए । कारागारमा महिला बन्दीगृह बनाउन शुरू गरिए पनि बजेट अभावमा एक दशकदेखि अलपत्र बनेको छ ।

यसअघि पनि पर्वत जिल्ला कारागार पटक–पटक भासिने समस्या थियो । १५ जनाको क्षमता रहेको कारागारमा अहिले ८० भन्दा बढी कैदीबन्दी छन् । पुरुषतर्फको बन्दीगृहमा भने कुनै समस्या नरहेको प्रजिअ रेग्मीले बताए ।

यस्तै जिल्ला कृषि ज्ञान केन्द्र पर्वतको भवन पनि भत्किएको छ । निरन्तरको वर्षाका कारण जमिन भासिँदा कर्मचारीको आवास रहेको एकतले भवन भत्किएको वरिष्ठ कृषि विकास अधिकृत वासुदेव रेग्मीले जानकारी दिए ।

उनका अनुसार केही दिनअघि भासिएको थियो । त्यसपछि त्यहाँ कर्मचारी बस्न छाडेका थिए । गएरातिको पानीले भवन नै भत्किएको उनले बताए ।

प्रकाशित मिति : ७ श्रावण २०७७, बुधबार  ९ : १३ बजे

प्रकाश सपुतले सच्याउलान् त फिल्मको पोस्टर ?

काठमाडौं– गायक प्रकाश सपुत फिल्म निर्देशनमा हात हाल्ने तयारीमा छन्

लखनउमाथि शानदार जित निकाल्दै कोलकाता आईपिएलको शीर्ष स्थानमा

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा

सोमबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख २४ गते सोमबार सन्

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८१ साल वैशाख २४ गते सोमबार तदनुसार

आज २०८१ साल वैशाख २४ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख २४ गते सोमबार तदनुसार