पहिरोले बाजुराको बजेडीको बस्ती नै जोखिममा « Khabarhub

पहिरोले बाजुराको बजेडीको बस्ती नै जोखिममा


७ श्रावण २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बाजुरा – पहिरोले बाजुराको बूढीगङ्गा नगरपालिका–२ बजेडीको सिङ्गो बस्ती नै विस्थापित हुने जोखिम बढेको छ ।

दुई दशकदेखि पहिरोको उच्च जोखिममा रहेको उक्त बस्तीको चारैतिरबाट पहिरो बग्न थालेपछि बस्ती नै विस्थापित हुने जोखिम बढेको हो ।

एक सय ३५ परिवार बस्ने सिङ्गो गाउँ नै पहिरोको जोखिममा रहेको छ । तीमध्ये २० परिवार विस्थापित नै भइसकेका छन् । उनीहरू गाउँमा रहेको विद्यालयको खुला चौरमा पाल टाँगेर बस्न थालेको जिल्ला प्रहरी कार्यालय बाजुराका सूचना अधिकारी प्रहरी निरीक्षक दानबहादुर रोकायाले बताए ।

विसं २०५० साल पहिलेदेखि पहिरो बग्न थालेको बजेडीगाउँमा यो वर्ष झनै जोखिम देखिएको छ । दर्जनौँ परिवार विस्थापित बने पनि बीचमा केही वर्ष पहिरो सामान्य रोकिएको थियो ।

तत्काल अर्को विकल्प नरोजे ठूलो क्षति हुने अनुमान गरिएको छ । स्थानीयवासीले रातभर जाग्राम बसेर रात बिताउने गरेका छन् । चारैतिर पहिरो र पानी मात्र बग्ने गरेको हुँदा राति निद्रा नै पर्न छोडेको गुनासो स्थानीयवासीको छ ।

उसो त जिल्लाको ६० प्रतिशत बढी भूगोल पहिरोको उच्च जोखिममा छ भने अधिकांश बस्ती मानव बस्तीका लागि योग्य नै नभएको भूगर्भविद्को रिपोर्ट छ । एकीकृत बस्ती विकास गर्न भइरहेको ढिलाइले यहाँका स्थानीयवासीले भयभित वातावरणमा जीवन बिताउन बाध्य छन् ।

प्रकाशित मिति : ७ श्रावण २०७७, बुधबार  ९ : ४१ बजे

डिभाइडरमा मोटरसाइकल ठोक्कियो, चालकको मृत्यु

सुनसरी – इटहरी उपमहानगरपालिका–४ मा आज बिहान मोटरसाइकल दुर्घटना हुँदा

गणेशमान सिंहको आदर्शलाई आत्मसात् गर्दै अघि बढ्न कांग्रेस सभापति थापाको आह्वान

काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले लौहपुरुष गणेशमान सिंहको

भोटेकोशी बाढीः छ सय ७७ यातायात मजदुर सम्पर्कविहीन

काठमाडौँ – नेपाल ट्रक यातायात व्यवसायी महासङ्घले भोटेकोशी बाढीमा ६७७

भारतीय विदेशमन्त्री जयशङ्करसँग आज भेटवार्ता गर्दै अर्थमन्त्री वाग्ले

काठमाडौँ – भारतको तीनदिने औपचारिक भ्रमणमा रहेका अर्थमन्त्री डा. स्वर्णिम

युरोपा लिगमा बर्नमथको शानदार सुरुवात: रियल सोसिडाड २-१ ले पराजित

काठमाडौँ – वित्तीय संकटका कारण कुनै समय लिगबाटै पछि पर्ने