हाम्रो पात्रोको ध्यानाकर्षण « Khabarhub

हाम्रो पात्रोको ध्यानाकर्षण


७ श्रावण २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अनलाइन मिडिया ‘हाम्रो पात्रो’मा समाचार पोर्टल सूचिकृत गरिदिन्छु भन्दै केही व्यक्तिले विभिन्न सञ्चार गृहसँग रकम उठाएको विषयले गम्भीर ध्यानाकर्षण भएको हाम्रो पात्रोले जनाएको छ ।

हाम्रो पात्रोले एक ध्यानाकर्षणपत्र जारी गर्दै सञ्चारगृहसँग वा अनलाइन सञ्चारगृहका आधिकारीक व्यक्तिसँग रकम माग गरेको र केही एकाध सञ्चारगृहसँग रकम समेत उठाएको घटनाप्रति गम्भिर ध्यानाकर्षण भएको जनाएको हो ।

ध्यानाकर्षण पत्रमा लेखिएको छ, ‘कुनैपनि सञ्चारगृहसँग वा सञ्चारगृहका अनलाइन मिडिया हाम्रो पात्रोमा राख्नका लागि कुनैपनि शुल्क लाग्दैन । शुल्क सहितको मिडिया सूचिकरणको अभ्यास हामीले गर्ने गरेका छैनौ । मिडिया सम्बन्धि छलफल तथा सहकार्यका लागि हाम्रो पात्रोका संस्थापक अध्यक्ष शंकर उप्रेती तथा प्रबन्ध निर्देशक सन्तोष कुमार देवकोटा बाहेक कुनै अर्को तेस्रो व्यक्ति अझसम्म तोकिएको छैन ।’

‘यदि तपाईंलाई ‘म/हामी हाम्रो पात्रोमा तपाईंको पोर्टल राखिदिन्छु’भनि कसैले कुनै रकम माग गरेको छ भने तत्काल प्रहरीलाई खबर गर्नुहोस् र सम्भावित ठगीबाट बच्नुहोस् । हाम्रो नाममा कुनैपनि किसिमका अनाधिकृत नगदको लेनलेन गरेर पर्ने आर्थिक तथा व्यवसायिक अप्ठेरोका लागि हाम्रो पात्रो जिम्मेवार हुनेछैन,’ ध्यानाकर्षण पत्रमा भनिएको छ ।

त्यस्तै हाम्रा पात्रोले मिडियामा सहकार्यमा गर्ने गरेको अभ्यासमा प्रत्यक्ष तथा अप्रत्यक्ष कुनैपनि किसिमको आर्थिक लेनिदेनि नभएको र तत्काल नयाँ सूचना जारी नहुञ्जेल र पुराना अनुरोधमा रहेका सञ्चारगृह बाहेक नयाँ अनलाइन मिडिया सूचिबद्ध गर्ने कार्य पनि बन्द गरिएको जनाएको छ ।

हाम्रो पात्रोको नाममा कसैसँग आर्थिक लेनदेनमार्फत अनलाइन मिडिया दर्ताका लागि कसैसँग कारोबार गर्दै गर्नु नितान्त ठगि भन्दै यस कारोबारमा संलग्न हुनेसँग अमेरिकास्थित हाम्रो पात्रोको मुख्य कार्यालय Hamro Patro Inc, अथवा नेपालस्थित Smart Ideas Pvt. Ltd. जिम्मेवार नहुने बताएको छ ।

साथै बुद्धनगर-१०, काठमाण्डौमा रहेको “स्मार्ट आइडियाज प्रा. लि.” बाहेक हाम्रो पात्रोको कुनैपनि स्वरुपको कार्यालय (सम्पर्क/कर्पोरेट/मार्केटिङ) नेपालमा अन्त कतै नरहेको समेत जानकारी गराएको छ । बजार सम्बन्धका विषयमा हाम्रो पात्रोका प्रबन्ध निर्देशक सन्तोष कुमार देवकोटालाई सम्पर्क गर्न पनि हाम्रो पात्रोले अनुरोध गरेको छ ।

प्रकाशित मिति : ७ श्रावण २०७७, बुधबार  १२ : ५६ बजे

ध्रुवे हात्ती नियन्त्रणका लागि चौबीसै घण्टा अनुगमन, मृतक परिवारलाई राहत

काठमाडौं – चितवन राष्ट्रिय निकुञ्जबाट गाउँ पसेको ध्रुवे हात्तीलाई नियन्त्रणमा

यस्ता छन् आजको मन्त्रिपरिषद्का निर्णय

काठमाडाैं – सरकारले काठमाडाैं उपत्यका विकास प्राधिकरणको विकास आयुक्तमा सुरज

छानबिन नसकिँदासम्म बसपार्कको जग्गामा दाबी नगर्न महानगरको आग्रह

कास्की – पोखरा महानगरपालिकाले पस्तावित पोखरा बसपार्कभित्रको जग्गाका बारेमा छानबिन

सभामुखसमक्ष बुझाइएको प्रतिवेदन कार्यान्वयनका लागि सचिवालयलाई निर्देशन

काठमाडौं – प्रतिनिधिसभामा गत जेठ १७ गते उत्पन्न परिस्थितिसम्बन्धी अध्ययनका

राहदानी सेवा दुई दिन बन्द हुने

काठमाडौं – राहदानी विभागले राहदानी सेवालाई नयाँ प्रणालीमा रूपान्तरण (माइग्रेसन)