पुष्पलालको सपना साकार पारेको प्रधानमन्त्री ओलीको दाबी « Khabarhub

पुष्पलालको सपना साकार पारेको प्रधानमन्त्री ओलीको दाबी


७ श्रावण २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीलाई बलियो बनाउँदै देशलाई समृद्ध र नागरिकलाई सुखी बनाउन अहिले एकताबद्ध भएर अघि बढ्नु अपरिहार्य रहेको बताएका छन्।

नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४२ औं स्मृति दिवसका अवसरमा श्रद्धाञ्जली वक्तव्य जारी गर्दै प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष ओलीले पुष्पलालको साङ्गठनिक राजनीतिक चाहनालाई आफूहरुले साकार बनाएको बताए।

‘‘विभाजित कम्युनिष्ट आन्दोलन एकताबद्ध, राष्ट्रव्यापी र मजबुत भएको छ, पार्टीले करीब दुईतिहाइ बहुमतका साथ प्रमुख स्थान हासिल गरेको छ’’, उनले भने, “पुष्पलालको जुन सांगठनिक राजनीतिक चाहना थियो, त्यो हामीले धेरै हदसम्म पूरा गरेका छौं।”

प्रधानमन्त्री ओलीले अहिले नेकपाको सरकार समानता र समृद्धिका लागि अघि बढिरहेको भन्दै पुष्पलालको सपना साकार पार्ने बाटोमा सरकारले महत्वपूर्ण काम गरेको समेत वक्तव्य मार्फत बताएका छन्।

प्रधानमन्त्री ओलीले श्रद्धाञ्जली वक्तव्यमा पुष्पलालकै अगुवाइमा कम्युनिष्ट आन्दोलनको संस्थागत थालनी, समाजको तत्कालीन अवस्थाको गहिरो विश्लेषण, नेपाली समाज र राजनीतिलाई मार्गदर्शन गर्ने विचार, दर्शन र सङ्गठनको स्थापना भएको उल्लेख गरेका छन्।

प्रकाशित मिति : ७ श्रावण २०७७, बुधबार  २ : ५३ बजे

भारतद्वारा नेपाललाई १० टन राहत सामग्री हस्तान्तरण

काठमाडौं– भारतले बाढी प्रभावित नेपालका लागि पहिलो चरणमा १० टन

रसुवा बाढी अपडेट : मृतकको संख्या १५७ पुग्यो, २८ प्रहरी अझै सम्पर्कविहीन

काठमाडाैं – रसुवामा आएको भीषण बाढीपछि २८ जना प्रहरी कर्मचारी

सरकारको निर्देशनविपरीत गृहमन्त्रीकाे संस्थाले‍ बाढीपीडितको नाममा उठाउन थाल्यो सहयाेग

काठमाडौं – गृहमन्त्री सुधन गुरुङ जोडिएको ‘हामी नेपाल’ नामक गैरसरकारी

रसुवाको बाढी प्रभावित क्षेत्र नजिकै ५.२ म्याग्निच्युडको भूकम्प

काठमाडौं – रसुवामा भीषण बाढी आएर जनधनको ठूलो क्षति भइरहेका

रसुवा बाढी : नेपाली सेनाले रातभर उद्धार र खोजी जारी राख्ने

काठमाडाैं – नेपाली सेनाले आज रातभर पनि रसुवाको भोटेकोशी नदीमा