नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या ४२ पुग्यो « Khabarhub

नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या ४२ पुग्यो


७ श्रावण २०७७, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपालमा बुधबार थप २ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ४२ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक कोरोना संक्रमित वृद्धको मृत्यु भएको हो ।

धनुषाका ६० वर्षीय पुरुषको आज कोरोनाले मृत्यु भएको मन्त्रालयले जानकारी दिएको छ ।

यसैगरी ५९ वर्षीय चिनयाँ महिलाको साउन २ गते काठमाडौं ग्रयान्डी अस्पतालमा ल्याइएको र थप उपचारका लागि त्रिबि अस्पतालमा ल्याइएकोमा उपचारका क्रमममा उनको निधन भएको मन्त्रालयले जानकारी दिएको छ ।

यसअघि नेपालमा कोरोनाका कारण सिन्धुपाल्चोककी २९ वर्षीया महिला, बाँके नरैनापुरका २५ वर्षीय युवक, गुल्मीका ४१ वर्षीय पुरुष, बारा कलैयाका ७० वर्षीय वृद्धको मृत्यु भएको छ ।

त्यसैगरी ललितपुर महानगरपालिका वडा नं. २२ का एक जना पुरुष, अर्घाखाँची भूमिकास्थान नगरपालिका-९ पुरुष, दैलेखको दुल्लु–११ का ३५ वर्षीय पुरुष, बाजुराकी २ वर्षीया बालिका, दोलखाका दोलखाका ७६ वर्षीय पुरुष, पाल्पाका पूर्वखोला गाउँपालिका सिलुवाका ४५ वर्षका पुरुषको पनि कोरोनाका कारण ज्यान गएको छ ।

यसैगरी डोल्पाको जगदुल्ला गाउँपालिका ३ निवासी ५८ वर्षका पुरुष, सुर्खेतको पञ्चपुरी नगरपालिका-१ हाँसेका २८ वर्षीय पुरुष, कैलाली धनगढी उपमहानगरपालिका वडा नम्बर ४ की ५५ वर्षीया महिला, स्याङ्जाका ५८ वर्षीय पुरुष, भरतपुर नगरपालिका-११ बस्ने ६८ पुरुषको मृत्यु भएको छ ।

त्यस्तै अर्घाखाँचीको मालारानी गाउँपालिका वडा नम्बर–४ का ५७ वर्षका पुरुष, बाराका एक पाँच वर्षे बालक, वीरगंजमा वेवारिसे भेटिएका एक पुरुष, गुल्मी धुर्कोट-४ जैसीथोकका एक २६ वर्षीय पुरुष र बाँकेको बैजनाथ गाउँपालिका ६ की ४६ बर्षीया महिला, कैलालीको गोदावारी नगरपालिका–४ का ४६ वर्षीय पुरुषको मृत्यु भएको छ ।

त्यस्तै कैलालीकै लम्कीचुहाकी ४३ वर्षकी महिला, ६९ वर्षका गुल्मी छत्रकोटका एक जना पुरुष, दैलेख–३ दुल्लुका एक जना ४५ वर्षीय पुरुष, स्याङ्जाका ५५ वर्षीय पुरुष, ललिपुरको पाटन अस्पतालमा उपचारका क्रममा मृत्यु भएक एक पुरुषको कोरोनाले मृत्यु भएको छ ।

त्यसैगरी दाङमा अचेत अवस्थामा भेटिएर मृत्यु भएकी महिला, चितवन मेडिकल कलेजमा मृत्यु भएका कैलाली गोदावरी-७ का ५० वर्षीय पुरुष, ललितपुरको स्टार अस्पतालमा रौतहटका ३० वर्षीय पुरुष, अछामको होम क्वारेन्टिनमा बसिरहेको रामारोशन गाउँपालिका-५ का ४५ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु भएको भएको छ ।

त्यस्तै त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचाररत म्याग्दीकी एक कोरोना संक्रमित शिशुको उपचारका क्रममा मृत्यु भएको छ भने काठमाडौको एक अस्पतालमा ज्यान गुमाएका काठमाडौंका एक ८५ वर्षीय पुरुषको कोरोनाले मृत्यु भएको छ ।

त्यसैगरी, गोरखा पालुङटार नगरपालिका- ७ पुर्नेपिपलका ४४ वर्षीय पुरुष, त्रिवि शिक्षण अस्पतालमा उपचारका क्रममा ज्यान गुमाएका रुपन्देही देवदहका ७५ वर्षीय पुरुष, क्वारेन्टाइनमा ज्यान गुमाएका बागलुङको निसीखोला गाउँपालिका–३ का २९ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु भएको थियो ।

त्यसैगरी काठमाडौं महानगरपालिका १० शंखमूलका ६० वर्षका पुरुष, काठमाडौंकै गोकर्णेश्वर नगरपालिका ४ का ५४ वर्षका पुरुष, सिन्धुपाल्चोक पाँचपोखरी-६ का ४५ वर्षीय पुरुष र रौटहट परूवा नगरपालिका-७ निवासी ३६ वर्षीय पुरूष र सप्तरीको राजविराज नगरपालिका–१ का ७३ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु भएको पुष्टि भएको छ ।

आज थप २ जनाको कोरोनाका कारण मृत्यु भएको पुष्टिसँगै ज्यान गुमाउनेको संख्या ४२ पुगेको मन्त्रालयले जानकारी दिएको छ ।

प्रकाशित मिति : ७ श्रावण २०७७, बुधबार  ४ : ३६ बजे

खेतखेतमा विद्युत् पुग्नुपर्छ : मन्त्री घिसिङ

नवलपरासी– ऊर्जा, जलस्रोत तथा सिँचाइ र भौतिक पूर्वाधार, यातायात एवं

सम्पत्ति शुद्धीकरणको खैरो सूचीबाट नेपाललाई बाहिर निकाल्न भएका तयारीबारे प्रधानमन्त्रीको चासो

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले सम्पत्ति शुद्धीकरणको खैरो सूचीबाट नेपाललाई बाहिर

बाल सुधारगृहको निरीक्षणपछि गृहमन्त्रीले भने- समस्या समाधानमा आवश्यक पहल गर्छु

भक्तपुर– गृहमन्त्री ओमप्रकाश अर्यालले भक्तपुरको सानोठिमीस्थित बाल सुधार गृहको आइतबार

आठ वर्षपछि जिल्लास्तरीय अन्तरविद्यालय फुटबल प्रतियोगिता

सिरहा– सिरहामा आठ वर्षपछि जिल्लास्तरीय अन्तरविद्यालय यु–१४ छात्र तथा छात्रा फुटबल

आफ्नै आन्दोलनको बलमा बनेको सरकारमाथि खनिन थाले जेन-जी

काठमाडौं- जेन–जीहरूको म्यान्डेटबाट बनेको सुशीला कार्की नेतृत्वको सरकारले सय दिने