आज थपिए १०० कोरोना संक्रमित (जिल्लागत विवरणसहित) « Khabarhub

आज थपिए १०० कोरोना संक्रमित (जिल्लागत विवरणसहित)


७ श्रावण २०७७, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपालमा बुधबार थप १०० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या १८ हजार ९४ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बुधबार नियमित लाइभ अपडेटमा उक्त जानकारी दिएका हुन् ।

५ हजार ३७० जना सक्रिय संक्रमितको संख्या रहेको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ४२ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ३ हजार ७७९ जनाको परीक्षण गर्दा एक सय जनामा कोरोना पुष्टि भएको डा गौतमले बताए । डा गौतमका अनुसार हाल देशभर ५ हजार ३ सय ७० जना संक्रिय संक्रमितहरु रहेका छन् ।

कहाँ कति थपिए ?

डा गौतमका अनुसार नयाँ थपिएका संक्रमित मध्ये बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको परीक्षणमा सुनसरीका ४ जना, कोशी अस्पताल विराटनगर प्रयोगशालामा मोरङका ३ जना, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा गरिएको परीक्षणमा झापाका एकजना, ताप्लेजुङका ३ जना, जगेन्द्र नारायणसिंह अस्पताल राजविराजमा सप्तरीका १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरमा गरिएको परीक्षणमा धनुषाका ५ जना, नारायणी अस्पताल वीरगंजमा गरिएको परीक्षणमा बाराका ३ जना र पर्साका ६ जना संक्रमित भएका छन् ।

यस्तै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षणमा काठमाडौंका २ जना, सर्लाहीका २ जना, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा गरिएको परीक्षणमा काठमाडौंका एकजनासंक्रमित भएका छन्।
यस्तै भरतपुर अस्पतालमा गरिएको परीक्षणमा चितवनका एकजना, वीर अस्पताल काठमाडौंमा गरिएको परीक्षणमा सर्लाहीका एकजनामा संक्रमण पुष्टि भएको छ ।

यस्तै प्रादेशिक क्षयरोग केन्द्र प्रयोगशाला पोखरामा गरिएको परीक्षणमा लमजुङका ७ जना,स्याङ्जाका ३ जना र बाग्लुङका ३ जना, भेरी अस्पताल नेपालगंजमा गरिएको परीक्षणमा बाँकेका ३ जना, बर्दियाका २ जना र सल्यानका २ जना संक्रमित भएका छन् ।

यस्तै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको परीक्षणमा कालिकोटका ६ जना, दैलेख प्रयोगशालामा गरिएको परीक्षणमा दैलेखका १६ जना, डडेल्धुरा अस्पतालमा गरिएको परीक्षणमा बझाङका एकजना र डोटीका ७ जना संक्रमित भएका छन् ।

२४ घण्टामा थप २०७  जना डिस्चार्ज

पछिल्लो २४ घण्टामा थप २०७  जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म १२ हजार ६८४ पुगेको छ ।

उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो।

प्रकाशित मिति : ७ श्रावण २०७७, बुधबार  ४ : ४५ बजे

काठमाडौँस्थित मस्जिदमा नमाज पढ्दै मुस्लिम समुदाय (तस्बिर)

काठमाडौँ– मुस्लिम धर्मालम्बीहरुको महान् पर्व बकर इद (इदुल जोहा) आज

एसियाली छनोट : आज इन्डोनेसियासँग भिड्दै नेपाल

काठमाडौँ – नेपाली महिला क्रिकेट टिमले एसियाली खेलकुदको महिला छनोटमा

पर्वले भाइचाराका साथ एकापसमा मिलेर बस्न प्रेरित गर्दछ : उपराष्ट्रपति यादव

काठमाडौँ– उपराष्ट्रपति रामसहायप्रसाद यादवले पर्वले समाजमा सहानुभूति, सहयोग, भाइचारा र

बक्स अफिसको नयाँ दृश्य : नायिका लिड रहेका फिल्मलाई पनि व्यापारिक सफलता

काठमाडौं – ‘कलाकारहरूले अनुहारले हलमा कति दर्शक तान्छ ?’ भन्ने

कांग्रेस संसदीय दलको बैठक बस्दै

काठमाडौँ– नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्दैछ । बैठक