लकडाउन हटे पनि कोरोनाको जोखिम घटेको छैन : स्वास्थ्य मन्त्रालय « Khabarhub

लकडाउन हटे पनि कोरोनाको जोखिम घटेको छैन : स्वास्थ्य मन्त्रालय


७ श्रावण २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस संक्रमणको जोखिम नघटेको जनाएको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले नियमित लाइभ अपडेट मार्फत कोरोना संक्रमणको जोखिम नघटेको जानकारी दिएका हुन्।

‘म फेरि पनि भन्न चाहन्छु, कोरोनाको जोखिम घटेको छैन,’डा गौतमले भने, ‘केही नियन्त्रणमा आएको मात्र हो ।’

सावधानी नअपनाउँदा कोरोना संक्रमणको दर फेरि बढ्न सक्ने पनि डा गौतमले बताए ।

उनले भने, ‘हामीले सावधानी अपनाएनौं भने संक्रमण दर बढ्न पनि सक्छ, हामीले छिमेकी देशहरुको उदाहरणबाट पनि  सिक्न सक्छौ।’

सरकारले चैत ११ गतेदेखि गरेको लकडाउन आजदेखि अन्त्य गरेपनि व्यक्ति स्वयंले कोरोनाबाट बच्न सचेत हुनुपर्ने डा गौतमको भनाइ छ ।

‘सरकारले कोभिड १९ को महामारीको सन्त्राषमा रहेको जनजीवनलाई विस्तारै नवसामान्यकिरण गर्ने सन्दर्भमा सरकारले बन्दाबन्दी हटाएर विभिन्न क्रियाकलापहरुलाई विस्तारै विस्तारै संचालनमा ल्याउने निर्णय गरेको छ,’ डा गौतमले भने, ‘यसलाई हामीले कोभिड १९ को महामारी सकिएको भनेर नबुझिदिनुहुन सबैमा अनुरोध छ। जोखिम अझै धेरै नै छ । विश्वका धेरै देशहरुले हाम्रो जस्तो अवस्थामा त्रुटी गर्नाले धेरै जनधनको क्षती बेहोरेको देखेका पढेका र सुनेका छौं ।’

डा गौतमले कोरोना संक्रमणबाट बच्न लकडाउनको अवस्थामा जस्तै अत्यावश्यक काम पर्दा मात्र घरबाहिर निस्किन, घर बाहिर निस्किँदा मास्कको प्रयोग गर्ने, एकअर्कामा दूरी कायम गर्ने, समय समयमा स्यानिटाइजर प्रयोग गर्ने तथा साबुन पानीले हात हुने तथा मन्त्रालयले कोरोना सर्ने जोखिमबाट बच्ने उपायबारे बनाएका मापदण्ड पालना गर्न पनि आग्रह गरे ।

प्रकाशित मिति : ७ श्रावण २०७७, बुधबार  ५ : ०५ बजे

इरानसँगको वार्ताप्रति ट्रम्प असन्तुष्ट, सम्झौता नभए पुनः सैन्य आक्रमण गर्ने चेतावनी

वाशिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग भइरहेको सम्झौताका सर्तप्रति

वैभवको छक्का वर्षा : हैदरावादलाई हराउँदै राजस्थान आईपीएलको दोस्रो क्वालिफायरमा

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल)को इलिमिनेटरमा सनराइजर्स हैदरावादलाई ४७

बकर इद मनाइँदै : आज सार्वजनिक बिदा

काठमाडौँ – मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर इद (इदुल

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – २०८३ साल १३ गते बिहीबार अधिक जेठ शुक्ल