दोहोरो अङ्कले घट्यो नेप्से | Khabarhub Khabarhub

दोहोरो अङ्कले घट्यो नेप्से


७ श्रावण २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से १७.५० अङ्कले घटेर एक हजार ४३२.४४ पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक ३.९० अङ्कले घटेर ३०३.१४ मा पुगेको छ ।

आज कूल १८३ कम्पनीका ३५ लाख ८६ हजार कित्ता शेयर रु एक अर्ब ५३ करोड २५ लाख ११ हजार ७१६ मा खरिद बिक्री भयो । कारोवार भएका कूल १२ मध्ये दुई उपसमूहको शेयर मात्र बढेको छ । होटल १३४.४५ र सामूहिक लगानी कोषको शेयर ०.०७ अङ्कले बढेको छ ।

बैंकिङ २१.५१, व्यापार ७.९४, विकास बैंक ३.८३, जलविद्युत् १३.०३, वित्त ७.१६, निर्जीवन बीमा ५.५४, उत्पादन २०.९५, अन्य १४.३४, लघुवित्त १५.१ र जीवन बीमा ७१.६ अङ्कले घटेको छ । कारोवार रकमका आधारमा एनआइसी एशिया लघुवित्त वित्तीय संस्था शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको शेयर रु १८ करोड १५ लाख ८४ हजार ८२१ मा खरिद बिक्री भयो ।

त्यस्तै नेपाल पुन:बीमा कम्पनी रु १६ करोड २३ लाख ७६ हजार २६७, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी रु नौ करोड ९२ लाख ६९ हजार ६५५, एनएमबी बैंकको रु आठ करोड १३ लाख ७३ हजार ३४०, हिमालयन डिष्टिलरी लिमिटेड रु सात करोड ४८ लाख ८७ हजार ४७६ र एनआइसी एशिया बैंकको शेयर रु सात करोड १३ लाख चार हजार ५१७ मा खरिद बिक्री भयो ।

ओरियन्टल होटल लिमिटेडका लगानीकर्ताले आज सबैभन्दा बढी १० प्रतिशतले कमाए । यस्तै तारागाउँ रिजेन्सी होटल ९.९५, सोल्टी होटल ९.४९, एनआइसी एशिया लघुवित्त वित्तीय संस्था ६.४८, श्रीराम सुगर मिल्स ६.२७ र हिमाल दोलखा हाइड्रोपावर कम्पनीका शेयरधनीले ५.४३ प्रतिशतले कमाए ।

यस्तै नेपाल सेवा लघुवित्त वित्तीय संस्था ८.६१, घलेम्दी हाइड्रोपावर ६.९०, सिनर्जी पावर डेभलपमेन्ट ६.५४, जोशी हाइड्रोपावर ५.८८, रिडी हाइड्रोपावर ५.८१ र मिथिला लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले ५.८० प्रतिशतले गुमाए ।

प्रकाशित मिति : ७ श्रावण २०७७, बुधबार  ६ : ०३ बजे

सहकारीमा कार्यरत रेश्मिका मृत भेटिइन्

खोटाङ– दिप्रुङ चुइचुम्मा गाउँपालिका–४ बतासेकी २८ वर्षीया रेश्मिका सिवा परियार

स्रोत जुगाडमा अन्तरिम सरकार : शहरी मन्त्रालयका कयौँ योजना काटिन सक्ने

काठमाडौँ – सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले चालु आर्थिक वर्ष

गाजामा इजरायली सेनाको व्यापक आक्रमण, बासिन्दालाई सहर छाड्न चेतावनी

एजेन्सी– एक रातको तीव्र हवाई आक्रमणपछि इजरायली सेनाले मंगलबार गाजा

अफगान सीमा नजिक पाकिस्तानी सेनाको कारवाहीमा ३१ तालिबान लडाकूको मृत्यु

इस्लामावाद- पाकिस्तानी सेनाले अफगानिस्तानसँगको सीमा नजिक दुई अलग कारबाहीमा ३१

महोत्तरीका सबै प्रहरी युनिटबाट सेवा सञ्चालन

जलेश्वर–  ‘जेनजी पुस्ता’को आन्दोलनबाट प्रभावित भएका जिल्लास्थित नेपाल प्रहरीका सबै