अमेरिकामा ७.८ म्याग्‍निच्यूडको भूकम्प, सुनामीको चेतावनी | Khabarhub Khabarhub

अमेरिकामा ७.८ म्याग्‍निच्यूडको भूकम्प, सुनामीको चेतावनी


७ श्रावण २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- अमेरिकामा बुधबार ७.८ म्याग्‍निच्यूडको शक्तिशाली भूकम्प गएको छ।

अमेरिकाको अलास्का राज्यमा त्यहाँको स्थानीय समय अनुसार समयानुसार बिहान १० बजेर १२ मिनेटमा भूकम्प गएको हो।

शक्तिशाली भूकम्पपछि त्यहाँ सुनामी आउन सक्ने चेतावनी दिइएको छ। अमेरिकी भूगर्भ सर्भेले पृथ्वीको सतहभन्दा १० किलोमिटर तल केन्द्रबिन्दु बनाएर भूकम्प गएको जनाएको छ।

भूकम्पपछि त्यहाँको अमेरिकी राष्ट्रिय सुनामी चेतावनी केन्द्रले अलास्काको तटीय क्षेत्रमा सुनामी आउन सक्ने जनाएको छ। उक्त चेतावनीपछि केही वस्तीमा सञ्‍चारमाध्यम, सामाजिक सञ्जालसहितबाट सचेत गराइएको छ।

स्थानीयस्तरमा सुनामीको चेतावनीसहित साइरन पनि बजाइएको छ। सुनामी चेतावनी केन्द्रले सुनामीको सम्भावित स्थानमा दक्षिण अलास्कासहितका क्षेत्र रहेका जनाएको छ।

प्रकाशित मिति : ७ श्रावण २०७७, बुधबार  ६ : ३० बजे

संघीय संसदका तीन समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसदका तीनवटा समितिको बैठक बस्दै छन् । आज

गोबरका ‘गुइँठा’ बनाउँदै महोत्तरीका गृहिणी

महोत्तरी– अहिले वैशाखको तेस्रो सातामै महोत्तरीमा तापक्रम दैनिकजसो ४२ डिग्री

रामेछापमा जुनारको जुस बिक्री बढ्यो

रामेछाप– गर्मी बढेसँगै रामेछापमा जुनारको जुस बिक्री पनि बढेको छ

वायु प्रदूषणले जनस्वास्थ्यमा ठुलो असर : बच्न के गर्ने ?

काठमाडौं उपत्यकामा वायु प्रदूषणको असर नराम्रो अवस्थामा पुगेको छ। गर्मी

क्यानडाका लागि नेपाली राजदूत पौड्यालबाट ओहोदाको प्रमाणपत्र प्रस्तुत

काठमाडौं– क्यानडाका लागि नेपालका राजदूत भरतराज पौड्यालले गभर्नर जलरल मेरी