सुर्खेत- विभिन्न प्राकृतिक विपदमा परी कर्णालीमा २५ जनाको मृत्यु भएको छ ।
प्रदेश प्रहरी कार्यालयका अनुसार यही वैशाख १ गतेदेखि यता बाढीपहिरो, चट्याङ जस्ता विपदमा परी २५ जनाको मृत्यु हुनुका साथै २३ जना घाइते भएका छन् ।
प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एवं वरिष्ठ प्रहरी उपरीक्षक राजेशनाथ बाँस्तोलाका अनुसार जाजरकोटमा १३, सल्यान र रुकुमपश्चिममा चार-चार जना तथा कालीकोट र सुर्खेतमा दुई-दुई जनाको मृत्यु भएको छ ।
हालसम्म कर्णालीमा २८४ वटा घरमा क्षति पुगेको छ । प्राकृतिक विपद्का कारण यस अवधिमा करिब रु छ करोड ६५ लाख ५३ हजार ७९० भौतिक सम्पत्तिमा क्षति भएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
प्रतिक्रिया