त्रिभुवन विमानस्थलमा आज एकैदिन १६ आन्तरिक उडान « Khabarhub

त्रिभुवन विमानस्थलमा आज एकैदिन १६ आन्तरिक उडान


७ श्रावण २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा आज एकैदिन १६ वटा आन्तरिक उडान भएका छन् । आन्तरिकतर्फ यो बन्दाबन्दी शुरु भएयताकै सबैभन्दा बढी चार्टर्ड उडान हो ।

यसअघि असारको दोस्रो साता दैनिक १० देखि १४ वटासम्म आन्तरिक उडान भएका थिए ।

आज यती एयरलाइन्सले पोखराबाट सबैभन्दा बढी ५२ यात्रु काठमाडौँ ल्याएको छ भने सीता एयरले सुर्खेतमा १६ यात्रु लगेको छ । सिम्रिक एयर, कैलाश एयर, मनाङ एयर, एयर डाइनेष्टिको हेलिकप्टरले विभिन्न गन्तब्यमा उपचार उडान गरेको विमानस्थल कार्यालयले जनाएको छ ।

कोभिड–१९ महामारी नियन्त्रण गर्न सरकारले गत चैत ११ बाट देशभर लागू गरेको बन्दाबन्दी मङ्गलबार रातिदेखि पूर्णरुपमा हटाउने निर्णय गरेको थियो ।

आन्तरिक तथा अन्तरराष्ट्रिय उडान पनि साउन ६ गतेसम्म प्रतिबन्ध गरिएको थियो । सरकारले भदौ १ गतेदेखि आन्तरिक तथा अन्तरराष्ट्रिय उडान सञ्चालन गर्ने निर्णय गरिसकेको छ ।

विमानस्थलका अनुसार आज जम्मा चार अन्तरराष्ट्रिय उडान भएका छन् ।

नेपाल एयरलाइन्सले क्वालालम्पुरबाट २६४ यात्रु ल्याएको छ भने हिमालय एयरलाइन्सले सोही गन्तब्यबाट दुई उडान गरि क्रमशः १४८ र १४५ यात्रु काठमाडौँ ल्याएको छ ।

रोयल एयरफोर्सले दुबईबाट १३ यात्रु नेपाल ल्याएको विमानस्थलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । बिहीबार एकमात्र उडान शिल्क एयरले सिङ्गापुरबाट यात्रु ल्याउने विमानस्थलले जनाएको छ ।

प्रकाशित मिति : ७ श्रावण २०७७, बुधबार  ९ : ३८ बजे

आईपीएल : शतक बनाउन ९ रनले चुके इशान, हैदरावादको चौथो विकेट पतन

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) को १९औँ संस्करण अन्तर्गत

मुस्ताङको टुकुचे र जापानको तोगा सिटीबीचको मितेरी सम्बन्ध २० वर्षपछि पुनःस्थापित

गण्डकी – मुस्ताङको थासाङ गाउँपालिका–१ स्थित टुकुचे गाउँ र जापानको

फुटसल कपको उपाधि बैंकर्स क्लबलाई

सुदूरपश्चिम – नयाँ वर्षको अवसरमा धनगढीमा आयोजित ‘सन्तति आइभिएफ फ्ल्याटल्याण्ड

नागरिकप्रति इमान्दार भएर काम गर्नु आजको आवश्यकता : गृहमन्त्री गुरुङ

काठमाडौं – गृहमन्त्री सुधन गुरुङले राष्ट्र र नागरिकप्रति इमान्दार, उत्तरदायी

इजरायलले इरानमा नौसैनिक नाकाबन्दीमा अमेरिकालाई सहयोग गर्छ : नेतन्याहु

जेरुसलेम – इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको