६७ प्रतिशत कोरोना संक्रमित निको, २ वर्षमा महामारी नियन्त्रण हुने डब्ल्युएचओको विश्वास | Khabarhub Khabarhub

६७ प्रतिशत कोरोना संक्रमित निको, २ वर्षमा महामारी नियन्त्रण हुने डब्ल्युएचओको विश्वास


६ भाद्र २०७७, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –  विश्वभर कुल कोरोना संक्रमितमध्ये प्रति एक सयमा ६७ जना अर्थात ६७ प्रतिशत संक्रमणमुक्त भएको पाइएको छ ।

कोरोना भाइरस सम्बन्धी तथ्याङ्क अद्यावधिक गर्दै आएको साइट वर्ल्डोमिटर्सका अनुसार विश्वभर शनिबार बिहानसम्म २ करोड ३१ लाख ५ हजार ७८ जना संक्रमित भएका छन् ।

कुल संक्रमितमध्ये १ करोड ५७ लाख ८५२ जना संक्रमणमुक्त भएका छन् । यसमध्ये १ लाख ८३ हजार ९२७ जना पछिल्लो २४ घण्टामा संक्रमणमुक्त भएका छन् ।

यस्तै एकैदिन ५ हजार ८३४ जनाको कोरोना संक्रमणबाटै मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या ८ लाख २ हजार ८८९ पुगेको छ ।

कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरूमा २ लाख ४ हजार ८१३ जनाको मृत्यु भएको छ । ३३ लाख १३ हजार ५०२ जना संक्रमित भएकोमा १९ लाख ६५ हजार ६६७ जना संक्रमणमुक्त भएका छन् ।

उत्तर अमेरिकी मुलुकहरूमा २ लाख ५६ हजार ४५६ जनाको मृत्यु भएको छ । संक्रमितको संख्या ६८ लाख ३९ हजार ८९२ पुगेको छ । त्यसमध्ये ३८ लाख २८ हजार २८७ जना संक्रमणमुक्त भएका छन् ।

यस्तै एसियाली मुलुकहरूमा १ लाख २७ हजार ४८३ जनाको मृत्यु भएको छ । ६१ लाख १९ हजार १७० जना संक्रमित भएकोमा ४८ लाख ५ हजार १६४ जना संक्रमणमुक्त भएका छन् ।

दक्षिण अमेरिकी मुलुकहरूमा १ लाख ८५ हजार ७३२ जनाको मृत्यु भएको छ । ५६ लाख २५ हजार ७२६ जना संक्रमित भएकोमा ४१ लाख ८३ हजार ५०२ जना संक्रमणमुक्त भएका छन् ।

अफ्रिकी मुलुकहरूमा २७ हजार ३७४ जनाको ज्यान गएको छ भने ११ लाख ७२ हजार ८०२ संक्रमित छन् । संक्रमितमध्ये ८ लाख ९२ हजार ३०४ जना संक्रमणमुक्त भएका छन् ।

त्यस्तै अष्ट्रेलियासहित ओसिनियाका मुलुकहरूमा ४९९ जनाको मृत्यु भएको छ । २६ हजार ७८२ जना संक्रमित भएकोमा २० हजार ३८६ जना संक्रमणमुक्त भएका छन् ।

२ वर्षमा महामारी नियन्त्रणमा आउने विश्वास

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले २ वर्षमा कोरोना भाइरसको महामारी नियन्त्रणमा आउने अपेक्षा गरेको छ ।

डब्ल्युएचओका प्रमुख डा. टेडरोज आध्यनोम गेब्रेयेसोसले कोरोना भाइरसको महामारी दुई वर्षभित्र नियन्त्रणमा आउने आशा बढेको जनाएका छन् ।

सन् १९१८ मा स्पेनिस फ्लूको महामारी नियन्त्रणमा आउन दुई वर्ष लागेको स्मरण गर्दै उनले कोरोना भाइरसको सवालमा पनि सोही अपेक्षा गर्न सकिने बताएका हुन् ।

तर, अहिले रहेको प्राविधिक सक्षमताले कम समयमै भाइरस नियन्त्रणमा लिन पनि सकिने उनले बताएका छन् ।

‘पक्कै पनि भाइरस थप फैलिने सम्भावना छ । तर, हामीसँग प्रविधि छ, जसले भाइरसको संक्रमणलाई रोक्न पनि सकिन्छ,’ जेनेभा भएको पत्रकार सम्मेलनमा उनले भने ।

कोरोना भाइरसविरुद्धको अभियानमा सफलता पाउनका लागि राष्ट्रिय एकता र विश्वव्यापी सहकार्य अत्यावश्यक रहेको उनले बताए ।

प्रकाशित मिति : ६ भाद्र २०७७, शनिबार  ७ : २७ बजे

चिनियाँ आइफोनमा ह्वाट्स एप र थ्रेड्स प्रतिबन्ध

बेइजिङ– एप्पल कम्पनीले चीनमा रहेको आफ्नो एप्पल एप स्टोरबाट मेटाका

६८ लाखको लागतमा प्रशासनिक भवन निर्माण

टीकापुर– टीकापुर नगरपालिका– ७ को प्रशासनिक भवन ६८ लाख रुपैयाँको

साउदी प्रो लिग : अल नासरको पुनरागमन जित

काठमाडौँ- साउदी प्रो लिग फुटबलमा अल नासरले पुनरागमन जित निकालेको

संस्कृति संरक्षण गर्न नौमती बाजा हस्तान्तरण

लमजुङ– परम्परागत संस्कृति संरक्षण गर्ने उद्देश्यले जिल्लाका दलित समुदायलाई नौमती

मृत्युमार्गको विकल्प सिद्धबाब सुरुङ (फोटो फिचर)

मनिष अर्याल/नेपाल फोटो लाइब्रेरी पाल्पा – मृत्युमार्गले परिचित सिद्धार्थ राजमार्गको