६७ प्रतिशत कोरोना संक्रमित निको, २ वर्षमा महामारी नियन्त्रण हुने डब्ल्युएचओको विश्वास « Khabarhub

६७ प्रतिशत कोरोना संक्रमित निको, २ वर्षमा महामारी नियन्त्रण हुने डब्ल्युएचओको विश्वास


६ भाद्र २०७७, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –  विश्वभर कुल कोरोना संक्रमितमध्ये प्रति एक सयमा ६७ जना अर्थात ६७ प्रतिशत संक्रमणमुक्त भएको पाइएको छ ।

कोरोना भाइरस सम्बन्धी तथ्याङ्क अद्यावधिक गर्दै आएको साइट वर्ल्डोमिटर्सका अनुसार विश्वभर शनिबार बिहानसम्म २ करोड ३१ लाख ५ हजार ७८ जना संक्रमित भएका छन् ।

कुल संक्रमितमध्ये १ करोड ५७ लाख ८५२ जना संक्रमणमुक्त भएका छन् । यसमध्ये १ लाख ८३ हजार ९२७ जना पछिल्लो २४ घण्टामा संक्रमणमुक्त भएका छन् ।

यस्तै एकैदिन ५ हजार ८३४ जनाको कोरोना संक्रमणबाटै मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या ८ लाख २ हजार ८८९ पुगेको छ ।

कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरूमा २ लाख ४ हजार ८१३ जनाको मृत्यु भएको छ । ३३ लाख १३ हजार ५०२ जना संक्रमित भएकोमा १९ लाख ६५ हजार ६६७ जना संक्रमणमुक्त भएका छन् ।

उत्तर अमेरिकी मुलुकहरूमा २ लाख ५६ हजार ४५६ जनाको मृत्यु भएको छ । संक्रमितको संख्या ६८ लाख ३९ हजार ८९२ पुगेको छ । त्यसमध्ये ३८ लाख २८ हजार २८७ जना संक्रमणमुक्त भएका छन् ।

यस्तै एसियाली मुलुकहरूमा १ लाख २७ हजार ४८३ जनाको मृत्यु भएको छ । ६१ लाख १९ हजार १७० जना संक्रमित भएकोमा ४८ लाख ५ हजार १६४ जना संक्रमणमुक्त भएका छन् ।

दक्षिण अमेरिकी मुलुकहरूमा १ लाख ८५ हजार ७३२ जनाको मृत्यु भएको छ । ५६ लाख २५ हजार ७२६ जना संक्रमित भएकोमा ४१ लाख ८३ हजार ५०२ जना संक्रमणमुक्त भएका छन् ।

अफ्रिकी मुलुकहरूमा २७ हजार ३७४ जनाको ज्यान गएको छ भने ११ लाख ७२ हजार ८०२ संक्रमित छन् । संक्रमितमध्ये ८ लाख ९२ हजार ३०४ जना संक्रमणमुक्त भएका छन् ।

त्यस्तै अष्ट्रेलियासहित ओसिनियाका मुलुकहरूमा ४९९ जनाको मृत्यु भएको छ । २६ हजार ७८२ जना संक्रमित भएकोमा २० हजार ३८६ जना संक्रमणमुक्त भएका छन् ।

२ वर्षमा महामारी नियन्त्रणमा आउने विश्वास

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले २ वर्षमा कोरोना भाइरसको महामारी नियन्त्रणमा आउने अपेक्षा गरेको छ ।

डब्ल्युएचओका प्रमुख डा. टेडरोज आध्यनोम गेब्रेयेसोसले कोरोना भाइरसको महामारी दुई वर्षभित्र नियन्त्रणमा आउने आशा बढेको जनाएका छन् ।

सन् १९१८ मा स्पेनिस फ्लूको महामारी नियन्त्रणमा आउन दुई वर्ष लागेको स्मरण गर्दै उनले कोरोना भाइरसको सवालमा पनि सोही अपेक्षा गर्न सकिने बताएका हुन् ।

तर, अहिले रहेको प्राविधिक सक्षमताले कम समयमै भाइरस नियन्त्रणमा लिन पनि सकिने उनले बताएका छन् ।

‘पक्कै पनि भाइरस थप फैलिने सम्भावना छ । तर, हामीसँग प्रविधि छ, जसले भाइरसको संक्रमणलाई रोक्न पनि सकिन्छ,’ जेनेभा भएको पत्रकार सम्मेलनमा उनले भने ।

कोरोना भाइरसविरुद्धको अभियानमा सफलता पाउनका लागि राष्ट्रिय एकता र विश्वव्यापी सहकार्य अत्यावश्यक रहेको उनले बताए ।

प्रकाशित मिति : ६ भाद्र २०७७, शनिबार  ७ : २७ बजे

मालवाहक सवारी बाटोमै अलपत्र, चालकलाई सास्ती

चितवन- निरन्तरको भारी वर्षासँगै मुख्य राजमार्गमा पहिरो खसेपछि काठमाडौँतर्फ जाँदै गरेका

अर्थमन्त्री, गृहमन्त्री र पर्यटनमन्त्रीले एयरपोर्ट पुगेर गरे प्रधानमन्त्रीको स्वागत

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाह १४ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै

नयाँ बसपार्कमा लामो दूरीका बस थन्किए (तस्बिरहरू) 

काठमाडौं – काठमाडौंको गोंगबुस्थित नयाँ बसपार्कमा लामो दूरीका बस थन्किएका छन्। निरन्तरको

मूलपानी–बोडे जोड्ने मनोहरा पुलमा आवतजावत बन्द

काठमाडौं– काठमाडौंको मूलपानी र भक्तपुरको बोडे जोड्ने मनोहरा खोलाको पुलमा

पहिरोका कारण कोरला सडक अवरुद्ध

मुस्ताङ– लगातार परेको वर्षाका कारण जोमसोम–कोरला सडक आजदेखि अवरुद्ध भएको