एनआरएन यूएईमा भाँडभैलो, अध्यक्ष कोइराला एनए बोर्ड म्यानेजरबाट निलम्बित « Khabarhub

एनआरएन यूएईमा भाँडभैलो, अध्यक्ष कोइराला एनए बोर्ड म्यानेजरबाट निलम्बित



दोहा – गैरआवासीय नेपाली संघ एनआरएनए यूएईको विवाद उत्कर्षमा पुगेको छ ।

नेपाल एशोसियसन (एनए) यूएईले एक विज्ञप्ति जारी गर्दै एनआरएन यूएईको अध्यक्ष प्रकाश कोइरालालाई एनएको बोर्ड म्यानेजर (बीओडी) बाट निलम्बन गरेको जनाएको छ ।

नेपाल एशोसियसन (एनए) यूएईका अध्यक्ष रमेश श्रेष्ठद्वारा हस्ताक्षरित विज्ञप्तिमा पछिल्लो समयमा संस्थामा भएका गतिविधिबारे मागिएको स्पष्टीकरणको औचित्य पुष्टि हुन नसकेको ठहर गर्दै निलम्बन गरिएको जनाइएको छ।

बोर्ड बैठकको निर्णयलाई र सीडीएको स्वीकृतिलाई आधार मानी अन्य आवश्यक कारबाहीको लागि सीडीएसमक्ष माग गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ।

अध्यक्ष कोइरालाले दुबई कमिटीका पदाधिकारीहरुलाई निलम्बन गरेको, नेपाल एसोसिएसनलाई जानकारी नगराएई लेटरहेड प्रयोग गएको सिडिए मातहतमा रहेको संस्था आफैंले गरेको सहमति उल्लङ्घन गरेको आरोप लगाइएको छ ।

यस्तै पत्रकारलाई प्रायोजन गरी समाचार सार्वजनिक गरेको र महत्त्वपूर्ण परियोजना (आईएललो) सहयोग रकमलाई अगाडि बढाउन (बीओडी) लाई सल्लाह र सहकार्य नगरेको, नेपाल एशोसियसनबाट आधिकारिक कुनै पनि कार्यक्रम गर्दा सीडीएको अनुमति नलिएको विज्ञप्तिमा जनाइएको छ ।

प्रकाशित मिति : ६ भाद्र २०७७, शनिबार  ८ : ३० बजे

एसियाली खेलकुदमा जाने नेपाली टोलीलाई मन्त्री पोखरेलद्वारा बिदाइ

काठमाडौं – शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जापानमा हुने २०औँ

हर्मुज जलडमरूमध्यमा इरानले नियन्त्रणमा लिएको भनिएको ‘डाइभ-एलडी’ कस्तो उपकरण हो?

काठमाडौं- इरान र अमेरिकाबीच मध्यपूर्वी क्षेत्रमा सैन्य तनाव उत्कर्षमा पुगेका

बाढीपीडितलाई नन्दप्रसाद जानुका फाउन्डेसन र इनास यूकेको राहत

रसुवा- नन्दप्रसाद जानुका फाउन्डेसन र अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) यूकेले

बाढीपछिको पुनरुत्थानमा चिनियाँ सहयोग निरन्तर रहन्छ : राजदूत माओमिङ

त्रिशूली– नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङले भोटेकोशी हुँदै त्रिशूली