प्रहरीकै सहयोगमा बलात्कारीलाई उन्मुक्ति ! | Khabarhub Khabarhub

प्रहरीकै सहयोगमा बलात्कारीलाई उन्मुक्ति !


६ भाद्र २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

इटहरी- ईलाका प्रहरी कार्यालय ईटहरीले बालिका बलात्कार गर्ने क्रसर उद्योगमा कार्यरत एक पुरुषलाई कारबाही नै नगरी उन्मुक्ति दिइएको पाइएको छ ।

मुद्दा फाँटका प्रहरी निरीक्षक मानप्रसाद श्रेष्ठले पीडित बालिकाको उजुरी नै नलिई पीडकलाई उन्मुक्ति दिएको खुलेको हो ।

एक महिनाअघि भोजपुर स्थायी घर भइ इटहरी २० तरहरामा आफ्नी फुपुको घरमा बस्दै आएकी ती बालिकालाइ धनकुटाको क्रसर उद्योगमा कार्यरत विकास लामाले बलात्कार गरेका थिए ।

फुपुको दवावमा पीडित बालिकाले तत्काल घटना लुकाउन बाध्य भइन् । बालिकाको फुपुको घरमै आउने जाने, बस्ने, गरेका लामा फुपुसँगै हिड्डुल समेत गर्दै आएका थिए ।

लामा फुपुकै घरमा आउने क्रममा ती बालिका बलात्कृत भएकी हुन् । पछि बालिकाको गर्भ बसेको थाहा पाएर फुपुले पीडक लामासँग मोटो रकम लिएर बालिकाको ५ महिना १५ दिनको गर्भ फ्याक्ने काम भएको पाईएको छ।

गर्भपतन हुने औषधी खाएपछि शरीरले थाम्न नसक्ने गरी रगत बग्न थालेपछि बालिका पटकपटक आफन्त लिएर पीडक लामा, फुपु राजकुमारी राई र मेडिकल विरुद्ध उजुरी गर्न इलाका प्रहरी कार्यालय इटहरी गएकी थिइन् । त्यहाँको मुद्दा फाँटका प्रहरी निरीक्षक मानप्रसाद श्रेष्ठलाई मुद्दा दर्ताका लागि निवेदन लिन अनुरोध गरेको भएपनि पीडक लामाको पक्षमै लागेर प्रहरीले बालिका उजुरी दर्ता नगरेको पाईएको छ।

उता इलाका प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक धर्मराज भण्डारीले भने पीडितको जाहेरी रितपूर्वक नभएकाले मुद्दा दर्ता नगरेको बताएका छन् ।

पीडकको वतन तथा अन्य विवरण नभएकै कारण दर्ता गर्न नसकिएको भण्डारीको भनाई छ। स्रोतका अनुसार प्रहरी निरीक्षक मानप्रसाद श्रेष्ठ र पीडक लामाबीच आर्थिक चलखेल भएका कारण मुद्दा दर्ता नगरिएको हो । प्रहरीले कोरोनाको कारण थुनुवा राख्न नमिल्ने, पीडितले पुनः जाहेरी दिन नआएकोलगायतका बहाना बनाएर पन्छिन खोजिरहेको छ ।

प्रकाशित मिति : ६ भाद्र २०७७, शनिबार  १० : १२ बजे

विपद् व्यवस्थापन : सेतीनदी तटीय क्षेत्रमा साइरन जडान

तनहुँ– तनहुँको ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ

युवालाई सामाजिक सञ्जालमा सक्रिय हुन कांग्रेस प्रवक्ता महतको आग्रह

काठमाडौं– नेपाली कांग्रेसका प्रवक्ता एवम् पूर्व अर्थमन्त्रीडा. प्रकाशशरण महतले पार्टीका

नर्वे र युक्रेनबीच स्वास्थ्य क्षेत्रमा सहकार्यको सम्झौता, द्विपक्षीय सहकार्य विस्तार हुँदै

एजेन्सी – नर्वे र युक्रेनले आपसी सहयोग विस्तार गर्ने उद्देश्यले

प्रधानमन्त्रीसँग मलेसिया–नेपाल बिजनेस काउन्सिलको भेट

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीसँग मलेसिया–नेपाल बिजनेस काउन्सिलको प्रतिनिधि मण्डलले

सुदूरपश्चिमका मुख्यमन्त्रीले भेटे सभापति देउवालाई 

काठमाडौं– सत्ता साझेदार नागरिक उन्मुक्ति पार्टीको समर्थन गुमाएको सुदूरपश्चिम प्रदेश