कोरोनाको कहरकै बीच चौरचन पर्व मनाइँदै | Khabarhub Khabarhub

कोरोनाको कहरकै बीच चौरचन पर्व मनाइँदै


६ भाद्र २०७७, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

महोत्तरीसहितका मिथिला क्षेत्रमा कोभिड–१९ को सन्त्रास बीच आज चौरचन पर्व मनाइदैछ । मिथिलामा चन्द्रमाको पूजाआराधना गरिने यो मुख्य पर्व मानिन्छ ।

अहिले प्रदेश–२ का आठै जिल्लामा निषेधाज्ञा जारी छ । पछिल्लो पटक भदौ–१ गते नै जिल्ला प्रशासन कार्यालयहरुले भदौ–१० गतेसम्मलाई निषेधाज्ञा जारी गरेका छन् । महाब्याधीको सङ्क्रमण जोखिम बढ्दै जाँदा यसलाई छल्न जारी गरिएको निषेधाज्ञाभित्रै मिथिलाका बासिन्दा आफ्ना परम्पराभित्रका चाडपर्व मनाउँदै छन् ।

चन्द्रमाको आराधना गरिने चौरचन पर्वमा दाल र चामलको पिठोबाट बनाइने पुरी, मिष्ठान्न परिकार खाजा (पिरुकीया) र खिर, माटोको छ्याँचीमा जमाइएको दही, पाकेको केराको घरीसहित अन्य फलफुल र वस्त्रआभूषण चढाइने परम्परा छ । पर्वको तयारीमा अहिले मिथिलाका बासिन्दा हिन्दूहरु आफ्नो सामग्री जुटाउने तयारीमा छन् ।

पर्वमा घरमूली महिला दिनभरि निराहार ब्रत बसेर साँझ चन्द्र दर्शन गरेर यो पर्व समापन गर्छन् । ब्रतालुले एक दिनपूर्व नै ब्रत सङ्कल्प गरेर चोखोनितो भई बस्ने र सात्विक भोजन गर्ने परम्परा छ ।

भदौ शुक्ल चौथीका दिन मनाइने चौरचन पर्वमा साँझ सूर्यास्तपछि गाईको गोबरले लिपेर बनाइएको आँगन माझको अरिप्पन चतुष्कोणमा दीप प्रज्वलित गर्दै घरमूली ब्रतालुले फलफूल र मिष्ठान्न परिकार चन्द्रमालाई देखाएर ब्रत समापन गर्ने परम्परा छ ।

खासगरी खिर, पुरी, दही र गच्छेअनुसारका अन्य परिकार तथा केरा र मौसमअनुसारका फलफुल चन्द्रमालाई देखाएर इष्टजनसहित परिवारजनलाई चतुष्कोण वेदीस्थलमै बसाएर प्रसाद ख्वाएपछि यो पर्व सम्पन्न गरिने परम्परा छ ।

अरिपन चामलको पिठोले रेखाङ्कित गरिन्छ । भदौ शुक्लपक्षको चौथी तिथिको चन्द्र दर्शन शास्त्रीय मान्यताले दोषपूर्ण मानिएकाले ब्रत बसेर मिष्ठान्न परिकार र फलफूल देखाएर दोष मेटाउने प्रचलन चलेको मैथिली संस्कृतिका जानकार बताउँछन् । यो ब्रतको प्रभावले मिथ्या दोष नलाग्ने मैथिल जनविश्वास रहेको याज्ञबल्क्य लक्ष्मीनारायण बिद्यापिठ मटिहानी, महोत्तरीका साहित्य विषयका उपप्राध्यापक ध्रुव राय बताउँछन् ।

गाउँघर बस्तीमा राती सानातिना बिग्याँई गर्दा छिमेकीले गाली गरेपछि चन्द्र दर्शनको दोष मेटिने विश्वास रहेको छ । तर, दोष मेटाउन बिग्याँई गर्न पर्ने पुरानो परम्पराभने ठिक नरहेको नयाँ पुस्ताका युवा बताउँछन् । प्रदेश-२ भरि नै उल्लास र भक्तिसाथ मनाइने यो पर्वलाई चौरचन, चौथीचान, चौरचण्ठ र चौथीचन्द्र भन्ने गरिएको पाइन्छ ।

यसपाली कोभिड–१९ महाब्याधीको सन्त्रासले चाडपर्वको उल्लास हराएको छ । यसअघि महिना दिन पहिले नै शुरु हुने महिलाले मनाउने तीज पर्वको पनि कुनै रमझम देखिएन । हिजो शुक्रबार घरघरै उपवास बसेर यस भेगका महिलाले तीज पर्व मनाएका छन् । तीजविशेषका सार्वजनिक कुनै कार्यक्रम यसपाली देखिएन । त्यसैगरि गतचैतयताका सबैजसो धर्म सम्प्रदायका चाडपर्व यसपाली अत्यन्त सामान्य तरिकाले कतै भिडभाड नगरी मनाइँदै आइएको छ । सुभम साह

प्रकाशित मिति : ६ भाद्र २०७७, शनिबार  ११ : ०४ बजे

सुनको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– नेपाली बजारमा मंगलबार सुनको मूल्य बढेको रहेको छ ।

साउदी लिगमा अल हिलालको अपराजित यात्रा कायमै

काठमाडौं– साउदी प्रो लिगमा अल-हिलालको अपराजित यात्रा कायम रहेको छ

सन्धिखर्कका किसानलाई कफीखेती तालिम

अर्घाखाँची– सन्धिखर्क नगरपालिका–१० धरम्पानीमा व्यावसायिक कफीखेती गर्ने किसानलाई एकदिने कफीखेतीसम्बन्धी

ढोरपाटनमा चट्याङ लागेर एकजनाको मृत्यु

गलकोट– ढोरपाटनमा चट्याङ लागेर एकजनाको मृत्यु भएको छ ।  सोमबार

बाल अधिकारलाई प्राथमिकता दिन आग्रह

काठमाडौं– बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान (सिजप)ले आगामी आर्थिक वर्ष