नेकपा वरिष्ठ नेता नेपालको सुरक्षामा खटिएका ९ सुरक्षाकर्मीमा  कोरोना संक्रमण « Khabarhub

नेकपा वरिष्ठ नेता नेपालको सुरक्षामा खटिएका ९ सुरक्षाकर्मीमा  कोरोना संक्रमण


६ भाद्र २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ –  सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालको सुरक्षार्थ उनको निवास कोटेश्‍वरमा खटिएका ९ सुरक्षाकर्मी कोरोना संक्रमण भएको छ ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपालको सुरक्षामा खटिएका नेपाल प्रहरीका २ जना र सशस्त्र प्रहरीका ७ जनामा कोरोना पुष्टि भएको नेपालका स्वकीय सचिव मोहन गौतमले जानकारी दिए ।

‘दुई पटक गरेर आएको रिपोर्टमा सुरूमा ७ सशस्त्र प्रहरी र पछि नेपाल प्रहरीका २ जनामा संक्रमण पुष्टि भएको छ,’ गौतमले खबरहबसँग भने,’संक्रमित हुनेमा एक जना पीएसओसमेत हुन् ।’

संक्रमण पुष्टि भएका उनीहरू सबैलाई आइसोलेसनमा लगिएको छ।  नेता नेपालसहित उनको परीवारका सदस्यको भने कोरोना रिपोर्ट नेगेटिभ आएको उनको सचिवालयले जानकारी दिएको छ ।

प्रकाशित मिति : ६ भाद्र २०७७, शनिबार  १२ : ४४ बजे

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८२ साल माघ २ गते शुक्रबार तदनुसार

आज २०८२ साल माघ २ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८२ साल माघ २ गते शुक्रबार तदनुसार

ओली र बालेनलाई चुनावमा पछार्ने हो : हर्क सम्पाङ

काठमाडौँ – श्रम, संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले फागुन २१

दाङमा बस र मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु

घोराही (दाङ) – दाङको देउखुरीमा बस र मोटरसाइकल एकापसमा ठोक्किँदा

ख्वप अस्पतालमा सिटीस्क्यान सेवा सुरु

भक्तपुर- यहाँस्थित ख्वप अस्पतालमा आजदेखि सिटीस्क्यान सेवा सञ्चालनमा आएको छ।