कांग्रेसको प्रश्न – खाडीका श्रमिक ‘वर्ग शत्रु’ हुन् प्रधानमन्त्रीज्यू ? « Khabarhub

कांग्रेसको प्रश्न – खाडीका श्रमिक ‘वर्ग शत्रु’ हुन् प्रधानमन्त्रीज्यू ?


६ भाद्र २०७७, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- विदेशमा अलपत्र नेपालीलाई सरकारी खर्चमै उद्धार गर्न कांग्रेसले सरकारको ध्यनाकर्षण गराएको छ ।

गत असार १ गते सर्वोच्च अदालतले समेत वैदेशिक रोजगारीमा गएर अप्ठ्यारोमा परि नेपाल आउन चाहेका नेपाली नागरिकलाई सरकारी कोषबाटै उद्वार गर्न’ आदेश जारी गरेको भन्दै सरकारी खर्चमै उद्धार गर्न माग गरेको हो ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले प्रेस विज्ञप्ति जारी गर्दै सर्वोच्चको आदेशको दुई महिनापछि पनि महँगो चार्टर फ्लाईटको टिकट व्यवस्था गरेर श्रमिकको पीडामाथि पीडा थपेको कांग्रेसले बताएको छ ।

वैदेशिक रोजगारीमा गएका र अप्ठ्यारोमा परेकालाई नेपालीलाई स्नेह र सहाराको हात दिनु राज्यको दायित्व भएको भन्दै कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘६ महिनादेखि बेरोजगार भएर बसेका खाडिका श्रमिकलाई चार्टर फ्लाइटको महंगो टिकट खरिद गर भन्नू कति न्यायोचित छ ? सरकारको यो निर्णय सर्वोच्चको असार १ को निःशुल्क उद्वार गर भन्ने आदेशको उल्लंघन र अदालतको मानहानी हो कि होइन प्रधानमन्त्रीज्यू ?’

मन्त्रिपरिषद्को पछिल्लो बैठकले एक दिनमा ३ वटा मात्रै उद्वार फ्लाईटको अनुमति दिएको र भदौ १६ बाट शुरु गर्ने भनिएको उडानमार्फत पनि समस्यामा परेका नेपालीहरु नेपाल आउन महिनौं लाग्ने भन्दै कांग्रेसले पीडामा रहेका नेपालीको पीडा सरकारले नबुझेको आरोप लगाएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘उद्धारको यो कछुवा गति भित्र विदेशका अन्य देशमा पनि पीडामा रहेका नेपालीको पीडा बुझ्ने हृदय विल्कुलै देखिएन ।’

चार्टर फ्लाईटको महंगो टिकट काट्नु पर्ने, होटेल क्वारेन्टाइनमा सात दिनको खर्च ब्यहोर्नुपर्ने, पीसीआर परीक्षण आफैं गराउनुपर्ने र गाउँ पुग्ने यातायात खर्च समेत आफै हाल्नुपर्ने सरकारी व्यवस्थाले वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि सरकारले ‘वर्ग शत्रु’को ब्यवहार गरेको आरोप समेत लगाएको छ ।

कांग्रेसले विदेशमा रोजगारीमा रहेका नेपालीलाई ‘संकटमा उद्धार मातृभूमिको कर्तव्य’ आत्मसात गर्न समेत अपिल गरेको छ ।

प्रकाशित मिति : ६ भाद्र २०७७, शनिबार  २ : १२ बजे

कांग्रेस सभापतिको उम्मेदवारी शुल्क ४० हजार, उपसभापति र महामन्त्रीको ३० हजार

काठमाडौं– नेपाली कांग्रेसले पार्टीको निर्वाचनसम्बन्धी निर्देशिका जारी गर्दै विभिन्न पदका

बस र स्कुटर ठोक्किँदा स्कुटर चालकको मृत्यु

काठमाडौं– काठमाडौँ महानगरपालिका–३ स्थित गङ्गालाल अस्पताल नजिक बस र स्कुटर

नेपालको आफ्नै बहु-क्षेत्रीय एक्सप्रेस ई-कमर्स प्लेटफर्म यतिडील डटकम सञ्चालनमा

काठमाडौं– नेपालको डिजिटल व्यापार तथा ई-कमर्स क्षेत्रमा नयाँ आयाम थप्ने ई-कमर्स

कमला ह्यारिस चुनाव लडे न्युसम राष्ट्रपतिको दौडमा नउत्रने

एजेन्सी– क्यालिफोर्नियाका गभर्नर गेभिन न्युसमले अमेरिकाकी पूर्वउपराष्ट्रपति कमला ह्यारिस सन्

राप्रपामा रोकिएन एमालेसँग मिल्दा चर्किएको विवाद, केन्द्रीय कार्यालय घेर्दै बागमतीका नेताहरू

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) केन्द्रीय कार्यकारिणी समितिले गरेको कारबाहीविरुद्ध