बुटवलकी कोरोना संक्रमित गर्भवती कोहलपुरमा शल्यक्रियाबाट सुत्केरी « Khabarhub

बुटवलकी कोरोना संक्रमित गर्भवती कोहलपुरमा शल्यक्रियाबाट सुत्केरी


६ भाद्र २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बुटवल– बुटबल उपमहानगरपालिका–११, नहरपुरकी २८ वर्षीया एक गर्भवतीलाई शल्यक्रियाबाट सुत्केरी गराइएको छ । उनले बाँकेको कोहलपुर मेडिकल कलेजमा शिशु जन्माएकी हुन् ।

बुटवलकी बासिन्दा ती गर्भवतीमा कोरोना संक्रमण देखिएपछि लुम्बिनी प्रादेशिक अस्पतालले भर्ना लिएन । उनलाई परिवारजनले कोहलपुर पुर्‍याए ।

कोहलपुर मेडिकल कलेजका स्त्री रोग विशेषज्ञसहितको टोलीले सफल शल्यक्रिया गरेको अस्पतालले जनाएको छ । ती महिलालाई संक्रमित सुत्केरी बेथा लागेपछि नेपालगञ्जस्थित आइसोलेशनबाट अस्पताल लगिएको थियो । शनिबार बिहान साढे ९ बजे शल्यक्रियाबाट छोरी जन्माइएको हो ।

शिशुको तौल साढे २ केजी रहेको र स्वास्थ्य अवस्था ठीक रहेको मेडिकल कलेजका उपनिर्देशक दिनेश श्रेष्ठले जानकारी दिए । उनले भने, ‘अहिले आमा र बच्चाको स्वास्थ्य ठिक छ । भोलि कोरोना परीक्षण गर्छौं त्यसपछि मात्रै बच्चामा संक्रमण भए नभएको थाहा हुन्छ ।’

आइतबार प्रादेशिक अस्पताल बुटवल पुगेकी ती महिलाको कोरोना रिपोर्ट पोजेटिभ आएको थियो । चिकित्सकले काठमाडौँ वा नेपालगञ्ज जान सुझाएका थिए ।

पहिलो सन्तान शल्यक्रिया जन्माएका दोस्रो पनि शल्यक्रिया नै गर्नुपर्ने ठहरसहित प्रदेशिक अस्पतालले छिटो विधिबाट पिसिआर परीक्षण गरेको थियो । उनका पति पनि कोरोना पोजेटिभ भएका कारण आइसोलेशनमा छन् ।

प्रदेश ५ को सामाजिक विकास मन्त्रालयले कोभिड–१९ संक्रमित गर्भवतीको उपचार तथा शल्यक्रियाका लागि भीम अस्पताल भैरहवामा व्यवस्था मिलाइएको जनाए पनि अहिलेसम्म त्यहाँ कसैको शल्यक्रिया नभएको अस्पतालले स्पष्ट पारेको छ । कोहलपुर मेडिकल कलेजमा उनीसँगै चार जना कोरोना संक्रमितको शल्यक्रिया भएको जनाइएको छ ।

प्रकाशित मिति : ६ भाद्र २०७७, शनिबार  ३ : ३९ बजे

उत्तरी नाइजेरियामा सशस्त्र समूहको आक्रमण, ८७ जनाभन्दा बढी अपहरण

अबुजा- उत्तरी नाइजेरियामा शनिबारदेखि जारी सशस्त्र समूहको आक्रमणमा ८७ जनाभन्दा बढी

नेसनल मेडिकल कलेजका आवासीय चिकित्सकको आन्दोलनबारे संघद्वारा प्रधानमन्त्रीलाई पत्र

काठमाडौं– नेसनल मेडिकल कलेज शिक्षण अस्पतालमा कार्यरत प्रथम वर्षका आवासीय

मधेस प्रदेशको पहिलो पेफा मूल्याङ्कन प्रतिवेदन सार्वजनिक, समग्र प्राप्ताङ्क ‘डी प्लस’

काठमाडौं– मधेस प्रदेश सरकारले प्रदेशको सार्वजनिक वित्तीय व्यवस्थापन प्रणालीको मूल्याङ्कन

टिमुरेको टेलिफोन टावरमा सोलार प्रणाली जडान, डिजेल ढुवानीको बाध्यता हट्यो

काठमाडौं– रसुवाको टिमुरेमा डिजेल जेनेरेटरबाट सञ्चालन हुँदै आएको नेपाल टेलिकमको टेलिफोन

बाढीपहिरोले राष्ट्रिय विद्युत् प्रणालीमा १ हजार मेगावाट उत्पादन अवरुद्ध : ऊर्जामन्त्री

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले यस वर्षको बाढी