प्रिमियर लिगमा म्यानचेस्टर सिटीको विजयी सुरूवात « Khabarhub

प्रिमियर लिगमा म्यानचेस्टर सिटीको विजयी सुरूवात


६ आश्विन २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा विजयी सुरुवात गरेको छ ।

नयाँ सिजनको पहिलो खेलमा वल्भ्सलाई ३–१ ले पराजित गर्दै सिटीले विजयी सुरुवात गरेको हो ।

सोमबार राति भएको खेलमा सिटीलाई जिताउन केभिन डि ब्रुयन, फिल फोडेन र ग्याब्रियल जेससले गोल गरे । घरेलु टोलीका राहुल जिमिनेजले सान्त्वना गोल फर्काए ।

घरेलु टोलीलाई खेलको सुरुवातदेखि नै दवावमा राख्दा सिटीले २०औं मिनेटमा पेनाल्टी गोलमार्फत अग्रता लिएको थियो ।

रोमेन सइसले पेनाल्टी बक्समा केचिन डि ब्रुयन माथि अनावश्यक ट्याकल हानेपछि प्राप्त पेनाल्टीमा ब्रुयन आँफैले गोल गर्दै सिटीलाई अग्रता दिलाए ।

३१औं मिनेटमा फिल फोडेनले गोल गर्दै सिटीको अग्रता दोब्बर पारे । रहिम स्ट्रलिङको लो क्रस पासमा फोडेनले पेनाल्टी बसभित्रबाट सहजै गोल गरेका थिए ।

दोस्रो हाफको ७८औं मिनेटमा राहुज जिमिनेजले गोल गर्दै वल्भ्सका लागि गोल गरे । डि ब्रुयनलाई बिट गर्दै दिएको उत्कृष्ट क्रसमा जिमिनेजले हेडुरमार्फत जाली चुमाएका थिए ।

इन्ज्युरी समयको पाँचौ मिनेटमा जेससले गोल गर्दै सिटीका लागि तेस्रो तथा निर्णायक गोल गरे । जितसँगै सिटीको ३ अंक जोडेको छ । वल्भ्सको यो पहिलो हार हो । यसअघि वल्भ्सले सेफिल्डलाई हराएको थियो ।

प्रकाशित मिति : ६ आश्विन २०७७, मंगलबार  ६ : ४४ बजे

दासत्व पीडितहरूको स्मृति दिवस आज

काठमाडौँ– आज दासत्व पीडितहरूको अन्तर्राष्ट्रिय स्मृति दिवस हो । मानवअधिकार,

पश्चिमी वायु सक्रिय, केही भूभागमा चट्याङसहित वर्षा हुने

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

ट्रम्पको एउटै ‘पोस्ट’ ले हल्लायो तेल बजार

लन्डन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको ऊर्जा पूर्वाधारमा हुने

इरानसँग वार्ता भइरहेको ट्रम्पको दाबी, तेहरानमा इजरायली आक्रमणबाट १२ जनाको मृत्यु

तेहरान – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग वार्ता भइरहेको पुनः

प्रतिनिधि सभाका ज्येष्ठ सदस्य केसीको शपथ आज

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले आज प्रतिनिधिसभा सदस्य निर्वाचनबाट निर्वाचित