विश्वभर ३ करोड १४ लाखभन्दा बढी मानिसलाई कोरोना भाइरसको संक्रमण « Khabarhub

विश्वभर ३ करोड १४ लाखभन्दा बढी मानिसलाई कोरोना भाइरसको संक्रमण


६ आश्विन २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –  विश्वभर ३ करोड १४ लाखभन्दा बढी मानिसमा कोरोना भाइरसको संक्रमण भएको छ ।

पछिल्लो २४ घण्टामा २ लाख २६ हजार ८५२ जनामा संक्रमण पुष्टि भएसँगै विश्वभर कोरोना संक्रमितको संख्या ३ करोड १४ लाख ७५ हजार १८९ पुगेको छ ।

यस्तै एकै दिन थप ४ हजार २८ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणले विश्वभर मृत्यु हुनेको संख्या ९ लाख ६९ हजार १२० पुगेको छ ।

एकै दिन २ लाख ७० हजार ६१९ मानिस कोरोना संक्रमणमुक्त भएका छन् । तथ्याङ्क अद्यावधिक गरिरहेको साइट वर्ल्डोमिटर्सका मंगलबार बिहानसम्म कोरोनाबाट निको हुनेको संख्या २ करोड ३१ लाख १ हजार १६५ पुगेको छ । निको हुनेको यो संख्या कुल संक्रमितको ७३ प्रतिशत बढी हो ।

कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरूमा २ लाख १६ हजार ६६८ जनाको मृत्यु भएको छ । ४४ लाख ८३ हजार ६१५ जना संक्रमित भएकोमा २३ लाख ९५ हजार ६५ जना संक्रमणमुक्त भएका छन् ।

उत्तर अमेरिकी मुलुकहरूमा २ लाख ९९ हजार ४६० जनाको मृत्यु भएको छ । संक्रमितको संख्या ८४ लाख २ हजार ३६० पुगेको छ । त्यसमध्ये ५२ लाख ६२ हजार १०७ जना संक्रमणमुक्त भएका छन् ।

यस्तै एसियाली मुलुकहरूमा १ लाख ७८ हजार ८४५ जनाको मृत्यु भएको छ । ९५ लाख ७२ हजार ७७६ जना संक्रमित भएकोमा ७८ लाख ९२ हजार ८ जना संक्रमणमुक्त भएका छन् ।

दक्षिण अमेरिकी मुलुकहरूमा २ लाख ३९ हजार ११२ जनाको मृत्यु भएको छ । ७५ लाख ६४ हजार ९१२ जना संक्रमित भएकोमा ६३ लाख ५७ हजार ७५६ जना संक्रमणमुक्त भएका छन् ।

अफ्रिकी मुलुकहरूमा ३४ हजार १३३ जनाको ज्यान गएको छ भने १४ लाख २० हजार २३२ संक्रमित छन् । संक्रमितमध्ये ११ लाख ६६ हजार ४७५ जना संक्रमणमुक्त भएका छन् ।

त्यस्तै अष्ट्रेलियासहित ओसिनियाका मुलुकहरूमा ८८७ जनाको मृत्यु भएको छ । ३० हजार ५७३ जना संक्रमित भएकोमा २७ हजार १०३ जना संक्रमणमुक्त भएका छन् ।

प्रकाशित मिति : ६ आश्विन २०७७, मंगलबार  ५ : ५२ बजे

पर्सामा एक सय किलो गाँजा बरामद

काठमाडौं- जिल्ला प्रहरी कार्यालय पर्सा र सशस्त्र प्रहरी बल नेपाल

विश्वविद्यालय पढ्ने विद्यार्थीका लागि काठमाडौं महानगरको ‘अर्न ह्वाइल यू लर्न’ कार्यक्रम

काठमाडौं- काठमाडौं महानगरपालिकाले विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीका लागि ‘अर्न ह्वाइल यू

विश्वकप इतिहासमै कतारले जोड्यो पहिलो अंक

काठमाडौं- फिफा विश्वकप २०२६ को समूह ‘बी’ अन्तर्गत सन फ्रान्सिस्कोस्थित

प्रतिनिधिसभामा असार १ र २ गते मन्त्रालयगत विनियोजन शीर्षकमाथि छलफल हुने

काठमाडौं- प्रतिनिधिसभामा विनियोजन विधेयक, २०८३ अन्तर्गत मन्त्रालयगत विनियोजन शीर्षकमाथि आगामी

‘नेपाललाई आँखा उपचारको केन्द्र बनाउन सकिन्छ’

काठमाडौं– विज्ञहरूले नेपालमा आँखा उपचारको सेवाका पहुँचमा वृद्धि भए पनि अन्धोपनको