इब्रामोभिचको दुई गोलमा एसी मिलान विजयी « Khabarhub

इब्रामोभिचको दुई गोलमा एसी मिलान विजयी


६ आश्विन २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – जाल्टन इब्रामोभिचको दुई गोलमा एसी मिलानले बोलोग्नालाई पराजित गरेको छ ।

इटालीयन सिरी ए मा सोमबार राति भएको खेलमा एसी मिलानले बोलोग्नालाई २–० गोल अन्तरले पराजित गरेको हो ।

सुरुदेखि नै आक्रामक बनेको एसी मिलानका लागि अनुभवी खेलाडी इब्रामोभिचले खेलको ३५ र ५१औं मिनेटमा गोल गरेका हुन् ।

थिओ हर्नान्डेजको असिस्टमा पहिलो गोल गरेका उनले दोस्रो गोल भने पेनाल्टीमार्फत् गरेका हुन् ।

बोलोग्नाका खेलाडीले एसी मिलानका खेलाडीलाई पेनाल्टी क्षेत्रमा फाउल गरेपछि पेनाल्टीको अवसर पाएको थियो ।

उक्त पेनाल्टी प्रहार गरेका इब्रामोभिचले अवसरको सदुपयोग गर्दै व्यक्तिगत तथा टिमका लागि दोस्रो गोल गरेका हुन् ।

सिजनको पहिलो खेलमा दुई गोल गर्दै इब्रामोभिचले राम्रो सुरुवात गरेका छन् भने टोलीले पनि जितसँगै नयाँ सिजनको सुरुवात गरेको छ ।

जित हात पारेको एसी मिलानले अंक तालिकामा खाता खोलेको छ भने पराजित ओलोग्नाको पहिलो खेलमा भने हार बेहोरेको छ ।

प्रकाशित मिति : ६ आश्विन २०७७, मंगलबार  ९ : १५ बजे

दासत्व पीडितहरूको स्मृति दिवस आज

काठमाडौँ– आज दासत्व पीडितहरूको अन्तर्राष्ट्रिय स्मृति दिवस हो । मानवअधिकार,

पश्चिमी वायु सक्रिय, केही भूभागमा चट्याङसहित वर्षा हुने

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

ट्रम्पको एउटै ‘पोस्ट’ ले हल्लायो तेल बजार

लन्डन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको ऊर्जा पूर्वाधारमा हुने

इरानसँग वार्ता भइरहेको ट्रम्पको दाबी, तेहरानमा इजरायली आक्रमणबाट १२ जनाको मृत्यु

तेहरान – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग वार्ता भइरहेको पुनः

प्रतिनिधि सभाका ज्येष्ठ सदस्य केसीको शपथ आज

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले आज प्रतिनिधिसभा सदस्य निर्वाचनबाट निर्वाचित