डा केसी अनसनरत अवस्थामा काठमाडौँ आउँदै « Khabarhub

डा केसी अनसनरत अवस्थामा काठमाडौँ आउँदै


६ आश्विन २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- चिकित्सा शिक्षा सुधारका अभियान्ता डाक्टर गोविन्द केसी अनसनरत अवस्थामा आज काठमाडौँ आउँदै छन् ।

मेडिकल शिक्षाका विभिन्न माग राख्दै नौ दिनदेखि अनसनरत डाक्टर गोविन्द केसी मंगलबार काठमाडौँ आउन लागेका हुन् । डा केसी काठमाडौँ आउनका लागि सोमबार नै नेपालगञ्जको भेरी अस्पतालमा आइपुगेका थिए ।

डाक्टर केसीका सहयोगी हिमालयन कार्कीका अनुसार उनी ११:२५ को फ्लाइटबाट काठमाडौँ आउँदैछन् ।

“हामीले भेरी अस्पताल बाट एयरपोर्ट तर्फ जाँदैछौं, डा केसीको काठमाडौ आउने फ्लाइट ११:२५ को छ । त्यसैले हामी एयरपोर्टमा जादैँ छौ,” कार्कीले खबरहबलाई बताए ।

डा केसी काठमाडौँ लागि पनि सत्याग्रहलाई भने निरन्तरता दिने बताएका छन् । डा केसीले आफ्ना मागहरु पूरा गर्न सरकारले कुनै प्रयास वा पहल नगरेको गुनासो गरेका छन् । उनले आफूलाई अपहरण शैलीमा हामीलाई सत्याग्रह स्थलबाट जबर्जस्ती अस्पतालमा सारिएको समेत बताएका छन् ।

९ दिनदेखि जुम्लाबाट १९ औं अनशन बसेका डाक्टर केसीको स्वास्थ्यमा समस्या आएपछि उनलाई जुम्लामै हुँदा आईसीयुमा राखेको थियो ।

डाक्टर केसीको स्वास्थ्यमा समस्याआउन थाली सके पनि सरकारले भने वार्ताको लागि कुनै पहल नगरेको भन्दै डा केसीको समर्थनमा विभिन्न ठाउँमा आन्दोलनहरु समेत हुन थालेको छ ।

डाक्टर केसीका समर्थकहरुले डा केसीको जीवनरक्षाको माग गर्दै आज साँझ ५ बजे माइतीघर मण्डलामा सयजना जम्मा भएर सय मिनेट अनशन बस्ने घोषणा समेत गरिसकेका छन् ।

केसीले हिजो एक विज्ञप्तिमार्फत जुम्लावासीहरुलाई अनसनमा साथ दिएकोमा धन्यवाद दिँएका थिए ।

प्रकाशित मिति : ६ आश्विन २०७७, मंगलबार  ११ : १६ बजे

नसर्ने रोगको जोखिम कम गर्नुपर्नेमा जोड

काठमाडौँ– नेपालमा बढ्दो नसर्ने रोगको जोखिमलाई कम गर्न स्वास्थ्य सेवाको

गोरखा बाह्रकिलो बजारका घरटहरा हटाइयो

गोरखा– गोरखा नगरपालिका–११ को सार्वजनिक जग्गामा सञ्चालित बाह्रकिलो बजारमा बनेका

सिंहदरबार गेटबाट अनेरास्ववियुका अध्यक्ष धामीसहित ७ जना पक्राउ

काठमाडौँ– सिंहदरबारको निषेधित क्षेत्रमा प्रदर्शन गर्न खोजेको आरोपमा प्रहरीले नेकपा

नुवाकोट-धादिङको गगटे क्षेत्रमा धान रोपाइँको चटारो (तस्बिरहरू)

नुवाकोट– नुवाकोट र धादिङको गल्छीबीच पर्ने गगटे क्षेत्रमा मनसुन सक्रिय

कर्णालीका मन्त्रीको सामूहिक राजीनामा

सुर्खेत– कर्णाली प्रदेश सरकारमा नेपाली कांग्रेसका तर्फबाट सहभागी सबै मन्त्रीले