चीनले राख्यो अमेरिकी सैन्य अड्डामा आक्रमण गरेको ‘फेक’ भिडियो « Khabarhub

चीनले राख्यो अमेरिकी सैन्य अड्डामा आक्रमण गरेको ‘फेक’ भिडियो


६ आश्विन २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अमेरिकासँगको बढ्दो तनावका बीच चिनियाँ वायुसेनाले प्रशान्त महासागरको गुआम द्विपमा आक्रमण गरेको नक्कली भिडियो सार्वजनिक गरेको छ ।

उक्त भिडियोमा चिनियाँ सेनाले आफ्नो एच–६ परमाणु बमवर्षक विमानको प्रयोग गरेको देखाइएको छ । साथै भिडियोमा बमवर्षक विमानले बम खसाइरहेको देख्न सकिन्छ ।

अमेरिकाका एक शीर्ष अधिकारीको ताइवान यात्रालगत्तै यो भिडियो सार्वजनिक गरिएको थियो । उक्त भिडियो पिपुल्स लिबरेशन आर्मीको भिभो अकाउण्टमा शनिबार राखिएको थियो ।

चिनियाँ वायुसेनाको २ मिनेट १५ सेकेण्डको यो भिडियोमा चिनियाँ विमान कुनै मरुभूमिबाट उडेको देख्न सकिन्छ ।

पाइलटले एउटा बटन दबाउँछन् । उक्त बटन दबाएपछि एउटा मिसाइल समुद्र किनारको एक रनवेमा खस्छ । यो स्थान गुआकस्थित सैन्य अड्डाजस्तै देखिन्छ ।

यसलाई अधिकारीहरुले नक्कली भिडियो भएको बताएका छन् । कतिपयले भने चीनले शक्ति प्रदर्शन गरेको बताएका छन् ।

 

प्रकाशित मिति : ६ आश्विन २०७७, मंगलबार  ४ : ३५ बजे

सार्वजनिक सेवा प्रसारण संस्थालाई व्यावसायिक र प्रतिस्पर्धी बनाउन आवश्यक छ : सञ्चारमन्त्री

काठमाडौं– सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले सार्वजनिक सेवा प्रसारण

चुनाव जितेर संसद् छिर्दैमा ’जे बोले पनि वा जे गरे पनि हुन्छ’ भन्ने दम्भ त्याग्नुपर्छ : गगन थापा

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले सरकार, संसद्, अदालत

इजरायली कर्फ्यूले ४० हजार प्यालेस्टिनी प्रभावित

जेरुसलेम- दक्षिणी वेस्ट ब्याङ्कमा इजरायलले सञ्चालन गरेको सैन्य कारबाहीका क्रममा

खाडीमा सैन्य उपस्थिति घटाउने तयारीमा अमेरिका

वाशिङ्टन- इरानसँगको युद्धमा अमेरिकी सैन्य प्रतिष्ठानमा ठूलो क्षति भएपछि पेन्टागनले

‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयक, २०८१’ माथिको छलफल अन्त्यतिर

काठमाडौँ- विचाराधीन ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयक, २०८१’ माथिको छलफल