टेलिकमको तार चोरी आरोपमा ४ जना पक्राउ « Khabarhub

टेलिकमको तार चोरी आरोपमा ४ जना पक्राउ


६ आश्विन २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मोरङ- नेपाल टेलिकमको तार चोरी गरेको आरोपमा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा विराटनगर महानगरपालिका ६ का २१ वर्षीय विजय सहनी, वर्ष १८ का राज सहनी, वर्ष २१ का रबिन सहनी र वर्ष १९ का सुमित सहनी रहेको जिल्ला प्रहरी मोरङका प्रवक्ता, प्रहरी नायव उपरीक्षक मान बहादुर राईले जानकारी दिए ।

उनीहरुलाई जिल्ला प्रहरी कार्यालयबाट खटिएका प्रहरी टोलीले मंगलबार राति ८ बजेतिर चेकजाँचका क्रममा विराटनगर- ४ जमानुगाछीबाट पक्राउ गरेको हो ।

उनीहरूको साथबाट प्रहरीले टेलिकमको १५० पेयर,  २२० मिटर केवल तार र को९प ४१५८ नम्बरको मोटरसाइकल नियन्त्रणमा लिएको छ ।

पक्राउ परेका चारै जनालाई चोरी ऐन अन्तर्गत मुद्दा चलाउने तयारी भएको राईले बताएका छन् ।

प्रकाशित मिति : ६ आश्विन २०७७, मंगलबार  ६ : २४ बजे

आईपीएलमा दिल्ली क्यापिटल्सको विजयी सुरुवात : लखनउ ६ विकेटले पराजित

काठमाडौँ – इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ मा दिल्ली क्यापिटल्सले

एसईई परीक्षा सुरु (तस्बिरहरू)

काठमाडौँ– यस वर्षको एसईई आजदेखि सुरु भएको छ । परीक्षा

इन्डोनेसियामा ७.४ म्याग्निच्युडको भूकम्प

इन्डोनेसिया – इन्डोनेसियामा शक्तिशाली भूकम्प गएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका

बालाजुको बाइसधारा मेला (तस्बिरहरू)

काठमाडौँ– चैत शूक्ल पूर्णिमा दिन आज ऐतिहासिक महत्व बोकेको काठमाडौँको

सिर्जनाको शरीरमा कसले लगायो आगो ? प्रहरीले अझै फेला पारेन सुराग

काठमाडौँ- चैत १४ गते शनिबार राति करिब १२ बजेतिर नेपालगञ्ज–१२