क्यान बोर्ड बैठकः महिला–पुरुष टिमको ग्रेडिङसहित तलब तोकियो « Khabarhub

क्यान बोर्ड बैठकः महिला–पुरुष टिमको ग्रेडिङसहित तलब तोकियो


६ आश्विन २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल क्रिकेट संघ (क्यान) को बोर्ड बैठकले महिला तथा पुरुष राष्ट्रिय क्रिकेट टिमको तलब वृद्धि गर्दै ग्रेडिङ गरेको छ ।

चितवनमा सम्पन्न बैठकले पुरुष र महिला टिमका खेलाडीलाई ए, बी र सी ग्रेडमा विभाजन गर्दै तलब तोकेको हो । जसमा पुरुष टिमका ए ग्रेडका खेलाडीलाई ५० हजार, बी ग्रेडका खेलाडीलाई ४० हजार र सी ग्रेडका खेलाडीलाई ३० हजार रूपैयाँ दिने निर्णय गरेको छ ।

यस्तै महिला टोलीका खेलाडीलाई ग्रेडका आधारमा क्रमशः १५ हजार, १२ हजार र १० हजार रुपैयाँ दिने निर्णय भएको क्यान सदस्य छुम्बी लामाले खबरहबलाई बताए ।

बैठकमा कोरोना भाइरसका कारण ठप्प खेलकुदका बारेमा समेत छलफल भएको उनले बताए ।

त्यसैगरी क्यानले यही २८ गते वार्षिक साधारण सभा गर्ने निर्णय समेत गरेको छ । जसका लागि राष्ट्रिय खेलकुद परिषद् राखेपसँग अनुमति लिने बताइएको छ ।

कोरोनाका कारण यदि साधारण सभा खुला रुपमा हुन भने ‘भर्चुअल साधारण सभा’ गर्ने निर्णय गरिएको छ ।

यसअघि क्यानले सन् २०१४ को विश्वकप क्वालिफायरमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई टोयोटाले गाडीसहित सम्मान गर्ने बताएको थियो ।

त्यतिखेर तत्कालीन कप्तान पारस खड्का उत्कृष्ट प्रदर्शन गर्ने खेलाडी घोषित भएका थिए । उक्त गाडीको कर छुटका लागि क्यानले राखेप युवा तथा खेलकुद मन्त्रालयसँग पहल गर्ने समेत निर्णय गरिएको छ ।

बैठकले दुर्घटनामा घाइते भई उपचार गराइरहेका क्रिकेटर ललितसिंह भण्डारीको उपचारका लागि सम्बद्ध निकायहरुसँग समन्वय गर्ने र क्यानले सकेको सहयोग गर्ने निर्णय पनि गरेको छ ।

साथै क्यानले खेलाडीको बीमा गर्न तीन सदस्यीय समिति गठन गरेको छ । जसमा क्यानका कोशाध्यक्ष रोशन सिंह, दुर्गाराज पाठक र छुम्बी लामा रहेका छन् ।

प्रकाशित मिति : ६ आश्विन २०७७, मंगलबार  ७ : ३६ बजे

रौतहटमा ३७ जना फरार प्रतिवादी पक्राउ

रौतहट– रौतहट जिल्ला अदालतबाट विभिन्न मुद्दामा दोषी ठहर भई फरार

ऊर्जा संकटबाट मुक्त हुने आशामा बङ्गलादेश, रूपपुरबाट विद्युत्को ठूलो अपेक्षा

पाब्ना – नियमित विद्युत् कटौती र बढ्दो ऊर्जा मागको दबाब झेलिरहेको

मेस्सीको भावुक अन्तर्राष्ट्रिय बिदाइ

एजेन्सी– अर्जेन्टिनाका महान् फुटबल खेलाडी लियोनेल मेस्सीले मंगलबार राष्ट्रिय टोलीबाट

स्कुल बसको ठक्करबाट बालकको मृत्यु

दाङ– तुलसीपुर उपमहानगरपालिका –०७ गैरापातुस्थित स्कुल बसको ठक्करबाट एक बालकको

गगन थापाको नेतृत्व र एकताको महाधिवेशनले कांग्रेसलाई बलियो बनाउँछ : जीवनबहादुर शाही

नेपाली कांग्रेसको १५औँ महाधिवेशन काठमाडौँमा जारी छ। विशेष महाधिवेशनबाट निर्वाचित