स्वास्थ्य मापदण्ड पालना गरेरमात्र यात्रा गराउन अपिल « Khabarhub

स्वास्थ्य मापदण्ड पालना गरेरमात्र यात्रा गराउन अपिल


६ आश्विन २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- यातायात व्यवस्था विभागले स्वास्थ्य सुरक्षाको मापदण्डलाई अवलम्बन गरी सुरक्षित यात्रा गर्नु गराउन सबैमा अपिल गरेको छ ।

सार्वजनिक यातायातका साधन सञ्चालन भएको अवस्थामा कोभिड–१९ को सङ्क्रमणलाई फैलन नदिन सहयोग गर्न विभागले आग्रह गरेको हो ।

विभागले होटल रेष्टुरेन्ट, सवारी साधनका सञ्चालक, सवारी चालक, सहचालक, यात्रु सबैले आफू पनि सुरक्षित रहँदै अरुलाई पनि सुरक्षित राख्न आग्रह गरेको छ । विभागका प्रवक्ता डा लोकनाथ भुसालले यात्रुलाई स्वच्छ खाना तथा खाजा प्याकिङ गरी उपलब्ध गराउने व्यवस्था गर्न सडक आसपास सञ्चालनमा रहेका होटल रेष्टुरेन्टलाई अनुरोध गरेका छन् ।

यात्राका क्रममा जथाभावी खानाखाजा खाँदा, सवारी साधनमा चढ्ला, झर्दा, अनावश्यक यात्रा गर्दा कोभिड सङ्क्रमण झन् फैन सक्ने सम्भावना औँल्याउँदै विभागले यात्राका क्रममा आफूलाई आवश्यक पर्ने खानाखाजा आफैँ घरबाट प्याकिङ गरी साथमा लिएर हिँड्न पनि अनुरोध गरेको छ ।

विभागले कोरोना भाइरसको सङ्क्रमण दिन प्रतिदिन बढ्दै गएको अहिलेको अवस्थामा अत्यावश्यक कामका लागि मात्र यात्रा गर्न आग्रह गरेको छ ।

प्रकाशित मिति : ६ आश्विन २०७७, मंगलबार  ९ : ०७ बजे

महाअष्टमीमा सुदूरपश्चिमकै प्रसिद्ध उग्रतारा भगवती मन्दिरमा भक्तजनको घुइँचो

डडेलधुरा – महाअष्टमी पर्वका अवसरमा सुदूरपश्चिमकै प्रसिद्ध धार्मिक शक्तिपीठ उग्रतारा

चङ्गा : अन्तर्राष्ट्रिय खेल पर्यटनदेखि दसैँको उत्सवसम्म

दसैँको सिजन आउँदा सहरका घरका छतहरूबाट चङ्गा उडाउने दृष्य अब

कञ्चनपुरको गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ड्युटी: सीमापार अपराध रोक्न कडा सुरक्षा कडाइ

महेन्द्रनगर – नेपाल-भारत सीमावर्ती क्षेत्रमा हुनसक्ने आपराधिक गतिविधि, लागूऔषध ओसारपसार

दसैँको मुखमा नुवाकोटवासीलाई राहत, ढुङ्गे र त्रिशूली बजार जोड्ने झोलुङ्गे पुल सञ्चालन

नुवाकोट – गत भदौ १० गते भोटेकोशीको बाढीले नुवाकोटको विदुर

१२ शय्याबाट सुरु भएको यात्रा: करोडौँको दृष्टि परीक्षण र लाखौँ शल्यक्रिया

काठमाडौँ – कुनै समय पूर्वी नेपालका नागरिकलाई आँखामा सामान्य समस्या