स्वास्थ्य मापदण्ड पालना गरेरमात्र यात्रा गराउन अपिल « Khabarhub

स्वास्थ्य मापदण्ड पालना गरेरमात्र यात्रा गराउन अपिल


६ आश्विन २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- यातायात व्यवस्था विभागले स्वास्थ्य सुरक्षाको मापदण्डलाई अवलम्बन गरी सुरक्षित यात्रा गर्नु गराउन सबैमा अपिल गरेको छ ।

सार्वजनिक यातायातका साधन सञ्चालन भएको अवस्थामा कोभिड–१९ को सङ्क्रमणलाई फैलन नदिन सहयोग गर्न विभागले आग्रह गरेको हो ।

विभागले होटल रेष्टुरेन्ट, सवारी साधनका सञ्चालक, सवारी चालक, सहचालक, यात्रु सबैले आफू पनि सुरक्षित रहँदै अरुलाई पनि सुरक्षित राख्न आग्रह गरेको छ । विभागका प्रवक्ता डा लोकनाथ भुसालले यात्रुलाई स्वच्छ खाना तथा खाजा प्याकिङ गरी उपलब्ध गराउने व्यवस्था गर्न सडक आसपास सञ्चालनमा रहेका होटल रेष्टुरेन्टलाई अनुरोध गरेका छन् ।

यात्राका क्रममा जथाभावी खानाखाजा खाँदा, सवारी साधनमा चढ्ला, झर्दा, अनावश्यक यात्रा गर्दा कोभिड सङ्क्रमण झन् फैन सक्ने सम्भावना औँल्याउँदै विभागले यात्राका क्रममा आफूलाई आवश्यक पर्ने खानाखाजा आफैँ घरबाट प्याकिङ गरी साथमा लिएर हिँड्न पनि अनुरोध गरेको छ ।

विभागले कोरोना भाइरसको सङ्क्रमण दिन प्रतिदिन बढ्दै गएको अहिलेको अवस्थामा अत्यावश्यक कामका लागि मात्र यात्रा गर्न आग्रह गरेको छ ।

प्रकाशित मिति : ६ आश्विन २०७७, मंगलबार  ९ : ०७ बजे

प्रेस चौतारी अध्यक्ष पाण्डेलाई संकट, संगठनका २३ नेतृले कसे मोर्चा

काठमाडौं- नेकपा एमालेको भ्रातृसंगठन राष्ट्रिय युवा संघका नेता मञ्जिब क्षेत्रीलाई

जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता भिनाटियरबारे रूसी प्रस्ताव, रिहाइको सम्भावना बढ्यो

एजेन्सी – मस्कोले जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता लरेन्ट भिनाटियरको बारेमा

बरियारपट्टी छोटी भन्सार स्तरोन्नतिको माग गर्दै अर्थमन्त्रीलाई ज्ञापनपत्र

सिरहा– सिरहाको बरियारपट्टी गाउँपालिका–३ मा रहेको छोटी भन्सार कार्यालय बन्द

संघर्ष छिचोल्दै श्रीमान्–श्रीमती एकसाथ दीक्षित

काठमाडौं– जीवनमा सबैलाई अर्थपूर्ण साथको आवश्यकता पर्छ । अझ जिम्मेवारी