च्याम्पियन्स लिगमा रियलको खराब सुरूवात, शाख्तरसँग पराजित « Khabarhub

च्याम्पियन्स लिगमा रियलको खराब सुरूवात, शाख्तरसँग पराजित


६ कार्तिक २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– स्पेनिस च्याम्पियन रियल म्याड्रिड च्याम्पियन्स लिग फुटबलको पहिलो खेलमा शाख्तर डोनेस्कसँग पराजित भएको छ ।

शाख्तरसँग ३-२ ले पराजित हुँदै रियलले लिगमा खराब सुरूवात गरेको छ ।

घरेलु मैदान अल्फ्रेडो डी स्टेफानोमा रियल म्याड्रिड शाख्तर डोनेस्कविरुद्ध खेलको पहिलो हाफमा नै ३-० ले पछि परेको थियो ।

पहिलो हाफमा कमजोर डिफेन्सका कारण शाख्तरको काउन्टर अट्याक रोक्न नसकेको रियलले दोस्रो हाफमा पुनरागमन गरे पनि जित निकाल्न सकेन ।

खेलको २८औं मिनेटमा टेटेले गोल गर्दै पाहुना टोलीलाई अग्रता दिलाए ।

त्यसको तीन मिनेट नबित्दै रियल २-० ले पछि पर्‍यो । टेटेले पेनाल्टी क्षेत्र बाहिरबाट गरेको प्रहार गोलरक्षक कोर्टुवाले विफल पारे पनि रिबाउन्डमा राफेल भारानको खुट्टामा लाग्दै गोल भयो ।

पहिलो हाफको ३ मिनेट बाँकी रहँदा शाख्तरले ३-० को अग्रता लियो । मानोर सोलोमोनले शाख्तरका लागि तेस्रो गोल गरे ।

दोस्रो हाफको ५४औं मिनेटमा लुका मोड्रीचले उत्कृष्ट गोल गर्दै रियललाई खेलमा फर्काउने प्रयास गरे । त्यसको ५ मिनेटपछि वैकल्पिक खेलाडी भिनिसियस जुनिअरले गोल गर्दै खेललाई ३-२ को अवस्थामा पुर्‍याए ।

८०औं मिनेटमा शाख्तारका कप्तान मार्लोसले गोल गरे पनि अफसाइड भएकाले रेफ्रीले गोललाई मान्यता दिएनन् । इन्ज्युरी समयमा रियल म्याड्रिडले भालभेर्डेको गोलमा खेल बराबरी गरे पनि अफसाइड भएको भन्दै रेफ्रीले मान्यता दिएनन् ।

तर, त्यसपछि खेलमा कुनै गोल भएन र शाख्तरले खेल जित्यो ।

प्रकाशित मिति : ६ कार्तिक २०७७, बिहीबार  ५ : ५२ बजे

एन्फा नेतृत्वविरुद्ध ९३ लाखको भ्रष्टाचार र खेल मिलेमतो मुद्दा दायर

काठमाडौं– अखिल नेपाल फुटबल संघ (एन्फा) का वर्तमान नेतृत्वविरुद्ध ९३

कांग्रेस महाधिवेशन : खुलामञ्चमा पनि मतदान जारी

काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ कार्यसमिति चयनका लागि काठमाडौंको खुलामञ्चस्थित

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु

दाङ- राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मुटुसम्बन्धी रोगको परीक्षण तथा उपचारका लागि

एउटा युग, दुई नायक : बिदाइ किन फरक ?

फुटबलको पछिल्लो दुई दशक सम्झिँदा दुई नाम स्वतः अगाडि आउँछन्-लियोनेल

पोखरामा स्कुल बस दुर्घटना : ५ जनाको मृत्यु, १४ जना घाइते

काठमाडौं- कास्कीको पोखरामा स्कुल बस दुर्घटना हुँदा चार विद्यार्थी र एक