च्याम्पियन्स लिगमा रियलको खराब सुरूवात, शाख्तरसँग पराजित | Khabarhub Khabarhub

च्याम्पियन्स लिगमा रियलको खराब सुरूवात, शाख्तरसँग पराजित


६ कार्तिक २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– स्पेनिस च्याम्पियन रियल म्याड्रिड च्याम्पियन्स लिग फुटबलको पहिलो खेलमा शाख्तर डोनेस्कसँग पराजित भएको छ ।

शाख्तरसँग ३-२ ले पराजित हुँदै रियलले लिगमा खराब सुरूवात गरेको छ ।

घरेलु मैदान अल्फ्रेडो डी स्टेफानोमा रियल म्याड्रिड शाख्तर डोनेस्कविरुद्ध खेलको पहिलो हाफमा नै ३-० ले पछि परेको थियो ।

पहिलो हाफमा कमजोर डिफेन्सका कारण शाख्तरको काउन्टर अट्याक रोक्न नसकेको रियलले दोस्रो हाफमा पुनरागमन गरे पनि जित निकाल्न सकेन ।

खेलको २८औं मिनेटमा टेटेले गोल गर्दै पाहुना टोलीलाई अग्रता दिलाए ।

त्यसको तीन मिनेट नबित्दै रियल २-० ले पछि पर्‍यो । टेटेले पेनाल्टी क्षेत्र बाहिरबाट गरेको प्रहार गोलरक्षक कोर्टुवाले विफल पारे पनि रिबाउन्डमा राफेल भारानको खुट्टामा लाग्दै गोल भयो ।

पहिलो हाफको ३ मिनेट बाँकी रहँदा शाख्तरले ३-० को अग्रता लियो । मानोर सोलोमोनले शाख्तरका लागि तेस्रो गोल गरे ।

दोस्रो हाफको ५४औं मिनेटमा लुका मोड्रीचले उत्कृष्ट गोल गर्दै रियललाई खेलमा फर्काउने प्रयास गरे । त्यसको ५ मिनेटपछि वैकल्पिक खेलाडी भिनिसियस जुनिअरले गोल गर्दै खेललाई ३-२ को अवस्थामा पुर्‍याए ।

८०औं मिनेटमा शाख्तारका कप्तान मार्लोसले गोल गरे पनि अफसाइड भएकाले रेफ्रीले गोललाई मान्यता दिएनन् । इन्ज्युरी समयमा रियल म्याड्रिडले भालभेर्डेको गोलमा खेल बराबरी गरे पनि अफसाइड भएको भन्दै रेफ्रीले मान्यता दिएनन् ।

तर, त्यसपछि खेलमा कुनै गोल भएन र शाख्तरले खेल जित्यो ।

प्रकाशित मिति : ६ कार्तिक २०७७, बिहीबार  ५ : ५२ बजे

‘जेनजी’ आन्दोलनमा ज्यान गुमाएकाको सम्झनामा दीप प्रज्वलन

काठमाडौं – नेकपा (एमाले) निकट विद्यार्थी संगठन अनेरास्ववियुले गत भाद्र

नेपाल प्रहरीका ४८ जना एसपीको सरुवा, को कहाँ ? (सूचीसहित)

काठमाडौं – नेपाल प्रहरीमा ४८ जना वरिष्ठ प्रहरी अधिकृत (एसपी)को

सरकारी कार्यालय तोडफोड र लुटपाटमा संलग्न दुई पक्राउ

नेपालगञ्ज – बाँकेका सरकारी कार्यालय तोडफोड र लुटपाटमा संलग्न भएको

दुर्गा प्रसाईंले भने : नेपाललाई भूराजनीतिक खेलमा धकेल्ने प्रयास भइरहेको छ

काठमाडौं – मेडिकल व्यवसायी तथा अभियन्ता दुर्गा प्रसाईंले सामाजिक सञ्जालमार्फत

मोदीको जन्मदिनमा ट्रम्पसँग फोनवार्ता, रुस–युक्रेन युद्धबारे छलफल

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई