स्कुटर दुर्घटनामा एक जनाको मृत्यु « Khabarhub

स्कुटर दुर्घटनामा एक जनाको मृत्यु


६ कार्तिक २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मोरङ- मोरङको बेलबारीमा बुधबार राति स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । अन्य दुई जना घाइते भएका छन् ।

बेलबारी नगरपालिका–४ स्थित भित्री सडक खण्डमा बुधबार राति  पौने १२ बजेतिर को ३२ प ५६३७ नम्बरको स्कुटर आफै अनियन्त्रित भई दुर्घटना भएको हो ।

दुर्घटनामा स्कुटर चालक बेलबारी–४ की १९ वर्षीया समीक्षा राईको मृत्यु भएको छ । गम्भीर घाइते उनको उपचारका क्रममा विराटनगरको न्युरो अस्पतालमा आज बिहान १ बजेतिर मृत्यु भएको इलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ ।

प्रहरी निरीक्षक ऋषिराज ढकालका अनुसार दुर्घटनामा स्कुटरको पछाडि बसेका १८ वर्षीया अनुपमा राई र १६ वर्षीया सुमित्रा राई घाइते भएका छन् ।

अनुपमाको विराटनगरको नोबेल मेडिकल कलेज र सुमित्राको स्थानीय सुकुना सामुदायिक अस्पताल विराटचोकमा उपचार भइरहेको छ ।

प्रकाशित मिति : ६ कार्तिक २०७७, बिहीबार  ७ : २५ बजे

एन्फाका कोषाध्यक्ष र लेखा प्रमुख पक्राउ

काठमाडौं – नेपाल प्रहरीले खेलमा मिलेमतो, अनियमितता र ठगी गरेको

परराष्ट्रमन्त्री खनाल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन अमेरिका प्रस्थान

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनालको नेतृत्वमा एक टोली संयुक्त राष्ट्रसङ्घ

लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ

काठमाडौं – प्रहरीले मुलुकका विभिन्न स्थानबाट अवैध लागुऔषधसहित २६ जनालाई

पाँचथरका ६० वटै वडामा कांग्रेसको सर्वसम्मत नेतृत्व चयन

पाँचथर – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत पाँचथरका ६० वटै वडामा

कांग्रेसको वडा अधिवेशन : ७३ जिल्लाका ६ हजार १३२ वडामा निर्वाचन सम्पन्न

काठमाडौं – नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत देशभर जारी वडा