स्कुटर दुर्घटनामा एक जनाको मृत्यु | Khabarhub Khabarhub

स्कुटर दुर्घटनामा एक जनाको मृत्यु


६ कार्तिक २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मोरङ- मोरङको बेलबारीमा बुधबार राति स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । अन्य दुई जना घाइते भएका छन् ।

बेलबारी नगरपालिका–४ स्थित भित्री सडक खण्डमा बुधबार राति  पौने १२ बजेतिर को ३२ प ५६३७ नम्बरको स्कुटर आफै अनियन्त्रित भई दुर्घटना भएको हो ।

दुर्घटनामा स्कुटर चालक बेलबारी–४ की १९ वर्षीया समीक्षा राईको मृत्यु भएको छ । गम्भीर घाइते उनको उपचारका क्रममा विराटनगरको न्युरो अस्पतालमा आज बिहान १ बजेतिर मृत्यु भएको इलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ ।

प्रहरी निरीक्षक ऋषिराज ढकालका अनुसार दुर्घटनामा स्कुटरको पछाडि बसेका १८ वर्षीया अनुपमा राई र १६ वर्षीया सुमित्रा राई घाइते भएका छन् ।

अनुपमाको विराटनगरको नोबेल मेडिकल कलेज र सुमित्राको स्थानीय सुकुना सामुदायिक अस्पताल विराटचोकमा उपचार भइरहेको छ ।

प्रकाशित मिति : ६ कार्तिक २०७७, बिहीबार  ७ : २५ बजे

दुर्गम क्षेत्रमा विपद् व्यवस्थापन संयन्त्र सुधार्न सांसद बजगाईँको आग्रह

काठमाडौं– नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगाईँले दुर्गम तथा पहुँचविहीन क्षेत्रमा

दमौली अस्पतालबाट एक वर्षमा एक लाख सेवाग्राही लाभान्वित

दमौली– जिल्ला सदरमुकामस्थित प्रदेश अस्पताल दमौलीले एक वर्षमा एक लाखभन्दा

निजी अस्पतालमा काम नगर्न चिकित्सक तथा स्वास्थ्यकर्मीलाई कर्णाली सरकारको निर्देशन

भेरीगंगा– कर्णाली प्रदेश सरकारले सरकारी अस्पतालमा कार्यरत चिकित्सकलाई सरकारी अस्पतालको सेवा

काठमाडौंमा अवैध प्लटिङ नियन्त्रणमा कडाइ गर्ने तयारी

काठमाडौं– काठमाडौं उपत्यका विकास प्राधिकरणले उपत्यकामा बढ्दै गएको अवैध प्लटिङ,

सामाजिक स्वास्थ्य सुरक्षा कार्यक्रम एकीकरणको सुरुवात : विपन्न नागरिक उपचार कार्यक्रम अब बीमाबाटै हुने 

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य उपचार सम्बन्धी छरिएर रहेका