‘रअ’ प्रमुख गोयलले प्रधानमन्त्री ओलीलाई भेटेको सचिवालयद्वारा पुष्टि « Khabarhub

‘रअ’ प्रमुख गोयलले प्रधानमन्त्री ओलीलाई भेटेको सचिवालयद्वारा पुष्टि


६ कार्तिक २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– भारतीय गुप्तचर संस्था (रिसर्च एण्ड एनालाइसिस विङ ‘रअ’) का प्रमुख सामन्तकुमार गोयलले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेका छन्।

प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले नेपाल आएका रअ प्रमुखले प्रधानमन्त्री ओलीलाई भेटेको पुष्टि गरेका हुन् । थापाका अनुसार हिजो बेलुका प्रधानमन्त्री निवास बालुवाटारमा रअ प्रमुख गोयलले प्रधानमन्त्री ओलीसँग शिष्टाचार भेट गरेका हुन् ।

भेटका क्रममा गोयलले नेपाल-भारतबीचको मैत्री सम्बन्ध खलबलिन नदिने, समस्याहरूको वार्ताद्वारा समाधान गर्ने र पारस्परिक सहयोगलाई निरन्तर अगाडि बढाउने विषयमा आफ्नो धारणा राखेको सल्लाहकार थापाले सामाजिक सञ्‍जालमार्फत जानकारी दिएका छन्।

थापाले लेखेका छन्, ‘भारतीय गुप्तचर संस्था रिसर्च एण्ड एनालाइसिस विङ (रअ) का प्रमुख सामन्तकुमार गोयलले सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेट गर्नुभएको छ । उहाँ भेटका लागि बुधबार बेलुका प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार आउनुभएको थियो । भेटका क्रममा उहाँले नेपाल-भारतबीचको मैत्री सम्बन्ध खलबलिन नदिने, समस्याहरूको वार्ताद्वारा समाधान गर्ने र पारस्परिक सहयोगलाई निरन्तर अगाडि बढाउने विषयमा आफ्नो धारणा राख्नु भयो ।’

प्रकाशित मिति : ६ कार्तिक २०७७, बिहीबार  २ : ३४ बजे

विश्वकप खेलेका दक्षिण अफ्रिकाका ‘मिडफिल्डर’ एडम्सको २५ वर्षको उमेरमा निधन

काठमाडौं – अमेरिका क्यानाडा र मेक्सिकोमा जारी विश्वकपमा दक्षिण अफ्रिकाको

कर्णालीमा खसेको गाडीका बेपत्ता चारमध्ये तीन जनाको शव भेटियो

कर्णाली – यही असार १८ गते सुर्खेतबाट कालिकोटतर्फ गइरहेको सवारीसाधन

वैदेशिक रोजगारीबाट फर्किएका युवाले मागे उद्यमका लागि पुँजी

बाँके – वैदेशिक रोजगारीबाट फर्किएका युवाले स्वदेशमै रोजगारी र उद्यम

कपिलवस्तुका १० पालिकाका २६६ स्थानमा सिसीटिभी जडान

कपिलवस्तु – जिल्लाका १० वटै स्थानीय तहका विभिन्न चोक, बजार

रासायनिक मलको माग बढेकाले आपूर्तिमा समस्या भयो : मन्त्री चौधरी

भरतपुर – कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले यस वर्ष