विशेष अदालतको अध्यक्षमा न्यायाधीश कार्की नियुक्त | Khabarhub Khabarhub

विशेष अदालतको अध्यक्षमा न्यायाधीश कार्की नियुक्त


६ कार्तिक २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सरकारले विशेष अदालतको अध्यक्षमा उच्च अदालत दिपायलका न्यायाधीश प्रेमराज कार्कीलाई नियुक्त गरेको छ ।

मन्त्रिपरिषदको निर्णय सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधि मन्त्री एवं सरकारका प्रवक्ता पार्वत गुरुङले विशेष अदालतको अध्यक्षमा कार्कीलाई नियुक्त गरेको जानकारी दिए ।

यसैगरी सदस्यहरुमा अब्दुल अजिज मुलसमान र नित्यानन्द पाण्डेलाई नियुक्त गरेको पनि जानकारी दिए।

यसैगरी सरकारले विश्व बैंक समूहको अन्तर्राष्ट्रिय विकास संस्थाबाट बजेटरी सहायताको रुपमा २ सय मिलियन अमेरिकी डलर अर्थात झण्डै २४ अर्ब रुपैयाँ सहुलियतपूर्ण ऋण स्वीकार गरेको छ।

विभिन्न विकास कार्यक्रममा खर्च गर्ने गरी अर्थ मन्त्रालयको प्रस्तावमा उक्त सहयोग स्वीकार गरिएको मन्त्री गुरुङले बताए।

नेपालमा सञ्चालित उत्पादनमूलक उद्योगहरुमा नेपाली जनशक्ति र श्रमिकहरुबाट सम्भव नभएका काममा निश्चित मापदण्ड पूरा गरेर विदेशी श्रमिक ल्याउन अनुमति दिने उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको प्रस्ताव समेत मन्त्रिपरिषद्ले स्वीकृत गरेको छ।

यस्तै, कृषि मन्त्रालयको प्रस्तावमा न्यूनतम समर्थन मूल्यमा धान खरीद र व्यवस्थापन गर्ने निर्देशिका २०७७ स्वीकृत गरिएको छ।

मन्त्रिपरिषद् बैठकले नेपाल इन्टरमोडल यातायात विकास समितिको कार्यकारी निर्देशकमा सिन्धुलीका आशिष गजुरेललाई नियुक्त गर्ने निर्णय पनि गरेको छ।

प्रकाशित मिति : ६ कार्तिक २०७७, बिहीबार  ६ : १२ बजे

झ्याप्ले खोलामा एकसाथ सडक विस्तार र पहिरो रोकथाम (तस्बिरहरू)

काठमाडौं- संघीय राजधानी काठमाडौं उपत्यकालाई देशका अन्य भागसँग जोड्छ नागढुंगा

म्याग्दीका छवटा विद्यालयमा आधुनिक कम्प्युटर प्रयोगशाला स्थापना

म्याग्दी– म्याग्दीका छवटा सामुदायिक विद्यालयमा आधुनिक कम्प्युटर प्रयोगशाला स्थापना भएको

स्पेन पठाउने गिरोहमाथि छानबिन थालिँदै, सीआईबी र मानव बेचबिखन अनुसन्धान ब्यूरोलाई जिम्मा

काठमाडौं- गृहमन्त्री रमेश लेखकले प्रधानमन्त्री केपी शर्मा ओलीको स्पेन भ्रमणमा

केन्टकी चर्चमा गोलीबारी, संदिग्धसहित तीन जनाको मृत्यु

काठमाडौं– संयुक्त राज्य अमेरिकाको दक्षिणी क्षेत्रमा पर्ने केन्टकीको एउटा चर्चमा

रौतहटमा ‘ड्रोन’बाट वनक्षेत्रको निगरानी

चन्द्रपुर– पछिल्लो समय रौतहटको वनजंगलको निगरानी गर्न ‘ड्रोन’को प्रयोग गर्न