विशेष अदालतको अध्यक्षमा न्यायाधीश कार्की नियुक्त « Khabarhub

विशेष अदालतको अध्यक्षमा न्यायाधीश कार्की नियुक्त


६ कार्तिक २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सरकारले विशेष अदालतको अध्यक्षमा उच्च अदालत दिपायलका न्यायाधीश प्रेमराज कार्कीलाई नियुक्त गरेको छ ।

मन्त्रिपरिषदको निर्णय सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधि मन्त्री एवं सरकारका प्रवक्ता पार्वत गुरुङले विशेष अदालतको अध्यक्षमा कार्कीलाई नियुक्त गरेको जानकारी दिए ।

यसैगरी सदस्यहरुमा अब्दुल अजिज मुलसमान र नित्यानन्द पाण्डेलाई नियुक्त गरेको पनि जानकारी दिए।

यसैगरी सरकारले विश्व बैंक समूहको अन्तर्राष्ट्रिय विकास संस्थाबाट बजेटरी सहायताको रुपमा २ सय मिलियन अमेरिकी डलर अर्थात झण्डै २४ अर्ब रुपैयाँ सहुलियतपूर्ण ऋण स्वीकार गरेको छ।

विभिन्न विकास कार्यक्रममा खर्च गर्ने गरी अर्थ मन्त्रालयको प्रस्तावमा उक्त सहयोग स्वीकार गरिएको मन्त्री गुरुङले बताए।

नेपालमा सञ्चालित उत्पादनमूलक उद्योगहरुमा नेपाली जनशक्ति र श्रमिकहरुबाट सम्भव नभएका काममा निश्चित मापदण्ड पूरा गरेर विदेशी श्रमिक ल्याउन अनुमति दिने उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको प्रस्ताव समेत मन्त्रिपरिषद्ले स्वीकृत गरेको छ।

यस्तै, कृषि मन्त्रालयको प्रस्तावमा न्यूनतम समर्थन मूल्यमा धान खरीद र व्यवस्थापन गर्ने निर्देशिका २०७७ स्वीकृत गरिएको छ।

मन्त्रिपरिषद् बैठकले नेपाल इन्टरमोडल यातायात विकास समितिको कार्यकारी निर्देशकमा सिन्धुलीका आशिष गजुरेललाई नियुक्त गर्ने निर्णय पनि गरेको छ।

प्रकाशित मिति : ६ कार्तिक २०७७, बिहीबार  ६ : १२ बजे

एन्फाका कोषाध्यक्ष र लेखा प्रमुख पक्राउ

काठमाडौं – नेपाल प्रहरीले खेलमा मिलेमतो, अनियमितता र ठगी गरेको

परराष्ट्रमन्त्री खनाल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन अमेरिका प्रस्थान

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनालको नेतृत्वमा एक टोली संयुक्त राष्ट्रसङ्घ

लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ

काठमाडौं – प्रहरीले मुलुकका विभिन्न स्थानबाट अवैध लागुऔषधसहित २६ जनालाई

पाँचथरका ६० वटै वडामा कांग्रेसको सर्वसम्मत नेतृत्व चयन

पाँचथर – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत पाँचथरका ६० वटै वडामा

कांग्रेसको वडा अधिवेशन : ७३ जिल्लाका ६ हजार १३२ वडामा निर्वाचन सम्पन्न

काठमाडौं – नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत देशभर जारी वडा