राष्ट्रपतिद्वारा तीन देशका लागि राजदूत नियुक्त « Khabarhub

राष्ट्रपतिद्वारा तीन देशका लागि राजदूत नियुक्त


६ कार्तिक २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारीले तीन देशका लागि राजदूत नियुक्त गरेकी छन् ।

मन्त्रिपरिषद्को सिफारिस र संसदीय सुनुवाइ समितिको अनमोदनपछि राष्ट्रपति भण्डारीले जर्मनी, बेल्जियम र पाकिस्तानका लागि राजदूत नियुक्त गरेकी हुन् ।

राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेका अनुसार राष्ट्रपति भण्डारीले जर्मनीका लागि रामकाजी खड्का, बेल्जियमका लागि गेहेन्द्र राजभण्डारी र पाकिस्तानका लागि तापस अधिकारिलाई राजदूतमा नियुक्त गरेकी हुन् ।

‘राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा २८२ बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा बेल्जियम अधिराज्यका लागि गेहेन्द्र राजभण्डारी, इस्लामिक गणतन्त्र पाकिस्तानका लागि तापस अधिकारी र संघीय गणतन्त्र जर्मनीका लागि रामकाजी खड्कालाई आवासीय नेपाली राजदूत पदमा नियुक्त गर्नुभएको छ,’ घिमिरेले जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ ।

प्रकाशित मिति : ६ कार्तिक २०७७, बिहीबार  ६ : ४० बजे

विश्वकप खेलेका दक्षिण अफ्रिकाका ‘मिडफिल्डर’ एडम्सको २५ वर्षको उमेरमा निधन

काठमाडौं – अमेरिका क्यानाडा र मेक्सिकोमा जारी विश्वकपमा दक्षिण अफ्रिकाको

कर्णालीमा खसेको गाडीका बेपत्ता चारमध्ये तीन जनाको शव भेटियो

कर्णाली – यही असार १८ गते सुर्खेतबाट कालिकोटतर्फ गइरहेको सवारीसाधन

वैदेशिक रोजगारीबाट फर्किएका युवाले मागे उद्यमका लागि पुँजी

बाँके – वैदेशिक रोजगारीबाट फर्किएका युवाले स्वदेशमै रोजगारी र उद्यम

कपिलवस्तुका १० पालिकाका २६६ स्थानमा सिसीटिभी जडान

कपिलवस्तु – जिल्लाका १० वटै स्थानीय तहका विभिन्न चोक, बजार

रासायनिक मलको माग बढेकाले आपूर्तिमा समस्या भयो : मन्त्री चौधरी

भरतपुर – कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले यस वर्ष