यतिबेला नेपाली जनता अभिभावकविहीन बनेको पीडाबोध हुँदैछ : पूर्वराजा शाह « Khabarhub

यतिबेला नेपाली जनता अभिभावकविहीन बनेको पीडाबोध हुँदैछ : पूर्वराजा शाह


६ कार्तिक २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पूर्वराजा ज्ञानेन्द्र शाहले विजया दशमीको शुभकामना व्यक्त गर्दै समस्त नेपालीकाे सुख, सुस्वास्थ्य, शान्ति र समृद्धिको कामना गरेका छन् ।

विहीबार शुभकामना सन्देश जारी गर्दै उनले नवदुर्गा भवानीले  दिव्य शक्ति, राष्ट्रभक्ति र आत्मप्रवृतितर्फ लाग्न सबैमा प्रेरणा प्रदान गरुन भन्ने कामना व्यक्त गरेका छन् ।

कोरोना महामारीको यस विषम परिस्थितिका कारण विश्व मानव जगतले असहजता र कठिनाइको समाना गरिरहेको बताउँदै हर्षोल्लासका साथ विजया दशमी मनाउन सकिने अवस्था नरहेको जनाएका छन् ।

‘यस विपत्तिमा नागरिक जीवन सहज र सुरक्षित बनाउने व्यवस्थापकीय कौशल जिम्मेवार पक्षबाट प्रस्तुत हुन नसक्दा आम जनाताको दैनिक जीवन अत्यन्त कष्टकर बन्दै गएको छ’, उनले विज्ञप्तिमा भनेका छन्, ‘जनता बचाउन सके मात्र राज्य बच्ने र राज्य रहे मात्र राजनीति बाँच्ने आत्मबोध सबैमा हुनुपर्छ ।’

उनले संकटको घडीमा अभिभावकको क्षमता र हैसियत स्पष्ट हुन्छ भन्ने आम मान्यताको आधारमा हेर्दा सबै नेपाली जनता अभिभावक विहीन टुहुरा बनेको पीडाबोध यतिबेला भएको जनाएका छन् ।

पूर्वराजा शाहद्वारा जारी शुभकामना सन्देश यस्तो छ-

प्रकाशित मिति : ६ कार्तिक २०७७, बिहीबार  ७ : ०८ बजे

विश्वकपमा नवप्रवेशी केप भेर्डेसँग बराबरीमा रोकियो स्पेन

काठमाडौं – फिफा विश्वकप–२०२६ मा उपाधि दाबेदार स्पेन नवप्रवेशी केप

स्पेन र केप भर्डेबीचकाे पहिलो हाफ गोलरहित बराबरी

काठमाडौं – फिफा विश्वकप–२०२६ अन्तर्गत स्पेन र केप भर्डेबीचको पहिलो

घटबढ भएन पेट्रोल र डिजेलको मूल्य

काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजेल/मट्टितेलको मूल्य यथावत् कायम

बेइजिङमा चिनियाँ समकक्षीसँग मन्त्री खनालको भेटवार्ता

काठमाडौँ । नेपाल र चीनले दुई देशको पारस्परिक हितका लागि

धौलागिरि प्रादेशिक अस्पतालमा डायलाइसिस गर्न पालो कुर्नु नपर्ने

बागलुङ – धौलागिरि प्रादेशिक अस्पताल बागलुङमा मिर्गौला रोगका बिरामी बढ्दै