यतिबेला नेपाली जनता अभिभावकविहीन बनेको पीडाबोध हुँदैछ : पूर्वराजा शाह « Khabarhub

यतिबेला नेपाली जनता अभिभावकविहीन बनेको पीडाबोध हुँदैछ : पूर्वराजा शाह


६ कार्तिक २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पूर्वराजा ज्ञानेन्द्र शाहले विजया दशमीको शुभकामना व्यक्त गर्दै समस्त नेपालीकाे सुख, सुस्वास्थ्य, शान्ति र समृद्धिको कामना गरेका छन् ।

विहीबार शुभकामना सन्देश जारी गर्दै उनले नवदुर्गा भवानीले  दिव्य शक्ति, राष्ट्रभक्ति र आत्मप्रवृतितर्फ लाग्न सबैमा प्रेरणा प्रदान गरुन भन्ने कामना व्यक्त गरेका छन् ।

कोरोना महामारीको यस विषम परिस्थितिका कारण विश्व मानव जगतले असहजता र कठिनाइको समाना गरिरहेको बताउँदै हर्षोल्लासका साथ विजया दशमी मनाउन सकिने अवस्था नरहेको जनाएका छन् ।

‘यस विपत्तिमा नागरिक जीवन सहज र सुरक्षित बनाउने व्यवस्थापकीय कौशल जिम्मेवार पक्षबाट प्रस्तुत हुन नसक्दा आम जनाताको दैनिक जीवन अत्यन्त कष्टकर बन्दै गएको छ’, उनले विज्ञप्तिमा भनेका छन्, ‘जनता बचाउन सके मात्र राज्य बच्ने र राज्य रहे मात्र राजनीति बाँच्ने आत्मबोध सबैमा हुनुपर्छ ।’

उनले संकटको घडीमा अभिभावकको क्षमता र हैसियत स्पष्ट हुन्छ भन्ने आम मान्यताको आधारमा हेर्दा सबै नेपाली जनता अभिभावक विहीन टुहुरा बनेको पीडाबोध यतिबेला भएको जनाएका छन् ।

पूर्वराजा शाहद्वारा जारी शुभकामना सन्देश यस्तो छ-

प्रकाशित मिति : ६ कार्तिक २०७७, बिहीबार  ७ : ०८ बजे

बन्दसूचीबाट नाम फिर्ता लिन चाहने उम्मेदवारलाई निवेदन दिन आयोगको आग्रह

काठमाडौं- निर्वाचन आयोगले समानुपातिक बन्दसूचीमा रहेका उम्मेदवारले आफ्नो नाम फिर्ता

एल क्लासिको : बार्सिलोना र रियल मड्रिड भिड्दै

काठमाडौं – विश्व फुटबलकै सबैभन्दा चर्चित प्रतिस्पर्धा एल क्लासिको अन्तर्गत

सबैलाई शुभकामना, हामी आउँदैछौँ : बालेन

काठमाडौँ – काठमाडौँ महागनरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)ले आफूहरू आउँदै

कांग्रेस विशेष महाधिवेशनमा तन्नेरी आवाज : पार्टीमा अब नयाँ नेतृत्व

काठमाडौं- नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको पहिलो दिन भृकुटीमण्डपमा देशधरबाट

एमालेको निर्वाचन तयारी गर्न प्रदेशगत छलफल

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आगामी फागुन २१ मा