संयमित भएर दशैँ मनाउन मलेसियामा रहेका नेपालीहरुलाई दूतावासको आग्रह « Khabarhub

संयमित भएर दशैँ मनाउन मलेसियामा रहेका नेपालीहरुलाई दूतावासको आग्रह


६ कार्तिक २०७७, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा– मलेसियास्थित नेपाली दूतावासले कोरोना भाइरस (कोभिड १९) संक्रमणको जोखिमलाई मध्यनजर गर्दै संयमित भएर दशैँ मनाउन नेपालीहरुलाई आग्रह गरेको छ ।

मलेसियाका लागि नेपाली राजदूत उदयराज पाण्डेले शुभकामना सन्देश जारी गर्दै मलेसिया, ब्रुनाई, फिलिपिन्स र ईण्डोनेशियामा रहेको नेपालीलाई समेत संयमित भएर दशैं मनाउनु अनुरोध गरेका हुन् ।

दशैं तिहार मनाउने विशेष प्रकृया तथा विधि भएपनि आफू बसोवास गरेको मुलुकको संस्कृति, आफू आवद्ध रहेको पेशा तथा व्यवसायलाई पनि मध्यनजर गर्न दूतावासले आग्रह गरेको छ ।

यसैबीच दूतावासको सहजिकरणमा हालसम्म १६ हजार ७ सय २१ जना नेपाली स्वदेश फर्केका छन् ।

कार्यक्षेत्रमा पर्ने मुलुकहरुबाट कोभिड १९ को कारण अलपत्र परेका नागरिक फिर्ता पठाएको दूतावासले जनाएको छ ।

यस्तो छ विज्ञप्ति

प्रकाशित मिति : ६ कार्तिक २०७७, बिहिबार  ९ : २५ बजे

धान फल्ने खेतमा फूलखेती

झापा– धानका बाला झुल्ने खेतमा अहिले सयपत्रीका फूल ढकमक्क फुलेको

महाकाली सिँचाइ आयोजना : संरचना बने पनि नहरमा पानी आएन

कञ्चनपुर– महाकाली सिँचाइ आयोजना तेस्रो चरणबाट पाँच हजार हेक्टर क्षेत्रफलमा

मुस्ताङ भन्सारबाट ११ अर्ब ४५ करोड राजस्व संकलन

मुस्ताङ– नेपाल–चीन उत्तरी कोरलानाकास्थित मुस्ताङ भन्सार कार्यालयले चालु आर्थिक वर्षको

रोहिणी गाउँपालिकाका १६ विद्यालयलाई खेल सामग्री प्रदान

रूपन्देही– रुपन्देहीको रोहिणी गाउँपालिकाले पालिकाभित्रका सबै १६ वटा सामुदायिक विद्यालयलाई

लागूऔषधसहित देशका विभिन्न भागबाट १३ जना पक्राउ

काठमाडौँ– नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागूऔषधसहित