बाँके र सुनसरीमा थप तीन संक्रमितको मृत्यु « Khabarhub

बाँके र सुनसरीमा थप तीन संक्रमितको मृत्यु


७ मंसिर २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- बाँके र सुनसरीमा थप तीन संक्रमितको मृत्यु भएको छ ।

बाँकेको नेपालगञ्ज मेडिकल कलजे कोहलपुरमा उपचारका क्रममा दाङका दुई कोरोना संक्रमितको मृत्यु भएको छ ।

मृत्यु हुनेहरुमा घोराही उपमहानगरपालिका–९, बनगाउँका ६७ वर्षीय पुरुष र तुलसीपुर उपमहानगरपालिका–९, बेलुवाका ६८ वर्षीय पुरुष रहेका छन् ।

कात्तिक २६ गते कोरोना संक्रमण पुष्टि भएर भोलिपल्ट अस्पताल भर्ना भएका घोराहीका पुरुषको शनिबार राति ११:५० बजे मृत्यु भएको छ ।

यही मंसिर ५ मा अस्पताल भर्ना भएका तुलसीपुरका पुरुषको भने  आइतबार बिहान १:४० बजे मृत्यु भएको बाँकेको कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए । दुबै मृतकमा निमोनियाको समस्या रहेको उनले बताए ।

यस्तै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा झापाका एक संक्रमित पुरुषको मृत्यु भएको छ ।

मेचीनगर–४ बाहुनडाँगीका पुरुषको उपचारका क्रममा आइतबार विहान १ बजे मृत्यु भएको हो ।

मंसिर १ गते कोरोना भाइरस संक्रमण पुष्टि भएपछि उनलाई ३ गते प्रतिष्ठानको कोभिड–१९ अस्पतालमा भर्ना गरिएको थियो ।

प्रकाशित मिति : ७ मंसिर २०७७, आइतबार  १० : ०१ बजे

डढुवा रोगले सखाप पार्दै गोलभेँडा, उन्याचौरका किसान चिन्तित 

दोलखा– गोलभेँडामा डढुवा रोगको संक्रमण फैलिएपछि दोलखाको वैतेश्वर गाउँपालिका–४ उन्याचौरका किसान

बाढीपीडितका लागि प्रधानमन्त्री राहत कोषमा जसपाको २१ लाख रुपैयाँ

काठमाडौँ- जनता समाजवादी पार्टी (जसपा), नेपालले बाढीपीडितको उद्धार, राहत तथा

सम्झौताअनुसार निर्माण सम्पन्न नगरेपछि २६ व्यवसायीलाई स्पष्टीकरण

चितवन– भरतपुर महानगरपालिकाले सम्झौताअनुसार निर्माण कार्य सम्पन्न नगरेको भन्दै यहाँका

राप्रपा सासदको माग- आइतबारे बिदा खारेज गरौँ

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ताहिर अलि भाटले

उपभोक्तालाई सहुलियत हुनेगरि बजार व्यवस्थापन गर्न सांसदहरूको माग

काठमाडौं– प्रतिनिधिसभाको आजको विशेष समयमा सांसदहरूले किसानले उत्पादनको उचित मूल्य