उदयपुरको ताप्ली गाउँपालिकाको भवनमा बम विस्फोट « Khabarhub

उदयपुरको ताप्ली गाउँपालिकाको भवनमा बम विस्फोट


७ मंसिर २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

उदयपुर– उदयपुरको ताप्ली गाउँपालिकाको कार्यालयमा बम विस्फोट भएको छ । वडा नं ५ रुपाटारमा रहेको गाउँपालिकाको कार्यालय परिसरको नागरिक सहायक कक्षमा शनिबार राति १:१५ बजेतिर अज्ञात समूहले बम बिस्फोट गराएको प्रहरीले जनाएको छ ।

सँगै रहेको अर्को बम भने बिस्फोट हुन बाँकी रहेकाले नेपाली सेनाको टोलीले डिस्पोज गरेको प्रमुख जिल्ला अधिकारी चक्रपाणी पाण्डेले बताए ।

बम विस्फोटले गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत, लेखा अधिकृत, उपाध्यक्षको कार्यकक्षमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालय उदयपुरका एसपी भिमबहादुर दाहालले जनाकारी दिए ।

विस्फोटले ती कार्यकक्षको ढोका, झ्याल, कम्प्युटर, प्रिन्टर, टेबल, दराज, सोफ लगायतका सामानमा क्षति भएको उनले बताए । घटनास्थल प्रहरीचौकी रुपाटारबाट एक सय मिटर उत्तरी क्षेत्रमा रहेको छ ।

मध्यरातमा नजिकबाट ठूलो आवाज आएपछि स्थानीय आतंकित भएको स्थानीय शेरजङ्ग ठकुरीले बताए । गाउँपालिका अध्यक्ष उद्धवसिंह थापाले बम किन र कस्ले विस्फोट गराएको भन्ने आफू अनभिज्ञ रहेको बताए ।

प्रकाशित मिति : ७ मंसिर २०७७, आइतबार  १२ : २० बजे

यमनको ताइज प्रान्तमा भएको आक्रमणमा २० जनाको मृत्यु

साना – यमनमा साउदी अरब गठबन्धनको आक्रमणबाट २० जनाको मृत्यु

चाडपर्वको समयमा अवाञ्छित गतिविधि हुन नदिन थप क्रियाशील हुनुपर्छ : प्रहरी महानिरीक्षक केसी

काठमाडौं – प्रहरी महानिरीक्षक डा मनोजकुमार केसीले तिहार, छठलगायत चाडपर्वहरूको

लगातार हारपछि अर्जुनले भने : बाँकी तीन खेल जित्ने प्रयास हुनेछ

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा लगातार हार

काठमाडौं २४ घण्टा खुलाउने तयारी

काठमाडौं – जिल्ला प्रशासन कार्यालय काठमाडौँले ठमेलमात्र नभई समग्र काठमाडौँलाई

एनपीएलमा चितवनको दोस्रो जित, पोखरालाई लगातार चौथो हार

काठमाडौं – बलरहरूको उत्कृष्ट प्रदर्शनमा चितवन राइनोजले नेपाल प्रिमियर लिग