स्वार्थका कारण नेतृत्वले विवेक गुमाउँदा विवाद तल्लो तहसम्म पुग्यो – शंकर पोखरेल « Khabarhub

स्वार्थका कारण नेतृत्वले विवेक गुमाउँदा विवाद तल्लो तहसम्म पुग्यो – शंकर पोखरेल


७ मंसिर २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाको स्थायी कमिटी सदस्य तथा लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले स्वार्थका कारण नेतृत्वले विवेक गुमाउँदा विवाद तल्लो तहसम्म पुगेको बताएका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा आफ्नो विचार राख्दै नेता पोखरेलले नेतृत्वले आफ्नो स्वार्थको कारणले विवेक गुमाएपछि पार्टीभित्र समस्या आएको बताएका हुन्।

उनले लेखेका छन्, ‘जब नेतृत्वले स्वार्थको द्वन्द्वमा विवेक गुमाउछ तब माथिदेखि तलसम्म पार्टी र नेतृत्वलाई खुल्याउने र कमजोर बनाउने उपक्रम सुरुहुन्छ ।’

प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बीचको आन्तरिक स्वार्थको कारणले यतिवेला नेकपा फुटको संघारमा पुगेको छ। नेतृत्वको विवादले गर्दा पछिल्ला समयमा जिल्ला तहसम्म नै त्यसको प्रभाव देखिन थालेको छ।

चितवनमा एक कार्यक्रममा बोल्दै गर्दा स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेविरुद्ध भएको नाराबाजीको घटनालाई लिएर मुख्यमन्त्री पोखरेलले नेतृत्वको कमजोरी औल्याएका हुन्।

शनिबार नेता पाण्डेविरुद्ध प्रधानमन्त्री ओली निकट कार्यकर्ताले नाराबाजी गरेका थिए। नेता पाण्डे वरिष्ठ नेता माधवकुमार नेपाल निकट हुन्।

प्रकाशित मिति : ७ मंसिर २०७७, आइतबार  १२ : ३६ बजे

दसैँको शुभकामना दिँदै बालेन लेख्छन्- गाउँघर उजाडिने नियति बदल्न हातेमालो गराैँ

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाहले देशलाई सुशासन र समृद्धिको मार्गमा

सर्लाहीको हरिपुरमा म्याजिक र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु

सर्लाही – सर्लाहीको हरिपुर नगरपालिका–८ जगतपुर स्कुलस्थित नवलपुर–मलङ्गवा सडकखण्डमा म्याजिक

धार्मिक विधि र सांस्कृतिक महत्त्व : के हो फूलपाती ?

काठमाडौँ – हिन्दू धर्मावलम्बीका लागि आश्विन शुल्क सप्तमीको दिन विशेष महत्त्व

कांग्रेस सभापति गगन थापाको आज पदबहाली, केन्द्रीय समितिको शपथ दसैँपछि

ललितपुर – नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट सभापतिमा नवनिर्वाचित गगनकुमार थापाको

दसैँले आत्मीयता र सांस्कृतिक विरासत जीवन्त राखेको छ: राष्ट्रियसभा अध्यक्ष

काठमाडौँ – राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रिय एकता, सामाजिक सद्भाव,