शाओमी नेपालको स्मार्टफोन बजारमा पुनः नम्बर १ स्थानमा « Khabarhub

शाओमी नेपालको स्मार्टफोन बजारमा पुनः नम्बर १ स्थानमा


७ मंसिर २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– शाओमी, ग्लोबल टेक्नोलोजी लिडरले आज आईडीसीको पछिल्लो वल्र्डवाइड क्वार्टरली मोबाइल फोन ट्र्याकर, तेस्रो त्रैमासिक, २०२० रिपोर्ट अनुसार शाओमी फेरि नेपालको नम्बर एक स्मार्टफोन ब्रान्ड बनेको घोषणा गरेको छ ।

सन् २०२० को पहिलो त्रैमासिकमा ब्राण्डले नेपालको स्मार्टफोन बजारमा नेतृत्व गरेको थियो । योसँगै डिलर दोस्रो पटक फेरि पहिलो स्थानमा उकालो लागेको छ । हाल युनिट शिपमेन्टमा आधारित ३४.१५ बजार सेयर रहेको ब्राण्डले सफलतापूर्वक मी र रेडमी सिरिजका स्मार्टफोन सार्वजनिक गर्दै स्मार्टफोन वर्गको लागि नेपालमा शीर्ष स्थान ओगटेको छ ।

शाओमी, नेपालका कन्ट्री जनरल म्यानेजर सौरभ कोठारीले भने, “हामी आईडीसीको सन् २०२० तेस्रो त्रैमासिकको रिपोर्टअनुसार नेपालको नम्बर १ स्मार्टफोन ब्राण्ड भएकोमा प्रसन्न छौं । हामी मी फ्यानहरूबाट प्राप्त गरेको प्रेम र समर्थनका लागि आभारी छौं र यसले हामीलाई सबैको लागि नवीन प्रविधि प्रदान गर्ने हाम्रो उद्देश्यको नजिक पुग्न मद्दत गरेको छ । हाम्रा उत्पादनहरू, व्यवसायिक मोडल र पूर्वाधारहरूमा निरन्तर नवीनता मार्फत हाम्रा प्रयोगकर्ताहरूको निरन्तर विश्वास जित्ने र प्रशंसा प्राप्त गर्ने हाम्रो प्रतिबद्धतातिर काम गर्न जारी राख्नेछौं ।”

ब्राण्डले विभिन्न मुल्य बिन्दुमा शिर्ष विशेषता भएका स्मार्टफोनहरु सिरिजहरु- रेडमी ९ ए, रेडमी ९ सी, रेडमी ९, रेडमी नोट ९, रेडमी नोट ९ प्रो र रेडमी नोट ९ प्रो म्याक्स सार्वजनिक गर्दै बजारमा उल्लेखनीय वृद्धि देखेको छ । शाओमीले उनीहरूको अनलाइन बिक्री साझेदार दराज डट कम र सस्तोडिलसंग काम गरिरहेको छ जसले ब्राण्डको व्यापक पहुँचमा ठूलो योगदान पुर्‍याइरहेको छ ।

अफलाइन विस्तारले समग्र वृद्धिमा अहम भूमिका निर्वाह गरेको छ जहाँ शाओमीले देशभर १ हजार ६ सयभन्दा बढी अफलाइन पार्टनर स्टोरहरू र ३५० भन्दा बढि मी प्रिफर्ड पार्टनर स्टोरहरु स्थापना गर्दै नेपालमा आफ्नो उपस्थिति बढाइरहेको छ ।

कम्पनी हाल विभिन्न स्थानहरुमा एक मजबूत वितरण नेटवर्कको पकड बनाएको छ । उनीहरूले आधिकारिक सर्भिस सेन्टरमार्फत बिक्री पछिको सेवा मजबुद बनाउनका साथै नेपालमा ग्राहकका आवश्यकताहरू पूरा गर्न समर्पित वेयरहाउस मार्फत बजारमा आफ्नो स्थितिको सुदृढीकरण गरेका छन् ।

प्रकाशित मिति : ७ मंसिर २०७७, आइतबार  २ : १७ बजे

गैरदलीय निर्वाचन र प्रवासको मतदान अधिकारको मागसहित उज्यालो नेपाल पार्टी निर्वाचन आयोग जाँदै

काठमाडाैँ – उज्यालो नेपाल पार्टीले गैरदलीय स्थानीय निर्वाचनको व्यवस्था गर्न

बाँकेमा कालानमक धानको संरक्षण गरिँदै

बाँके– सुगन्धित र स्वादिलो कालानमक जातको धानको बाँकेमा संरक्षण गर्न

हेटौँडाको बस्ती विकास इतिहासको साक्षी वनदेवी मन्दिर

बागमती– नागस्वतीस्थित वनदेवी मन्दिर हेटौँडाको बस्ती विकाससँग जोडिएको महत्वपूर्ण सम्पदास्थल हो

इजरायलको निर्वाचनमा नेतान्याहुको गठबन्धन अगाडि, बहुमतबाट टाढा

एजेन्सी– इजरायलको आमनिर्वाचनमा प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको गठबन्धनले अग्रता लिए पनि संसद्मा

जातीय छुवाछुत नियन्त्रण र महिला तथा बालबालिकाको संरक्षण प्राथमिकतामा

काठमाडौं– महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री